एमाले निकट व्यवसायीले राखे १० बुँदे माग, पुरा नभए आन्दोलन गर्ने चेतावनी
काठमाडौँ । नेकपा एमाले निकट उद्योगी व्यवसायीको संगठनले आन्दोलनको चेतावनी दिएको छ । आइतबार एक कार्यक्रम गर्दै नेपाल उद्योग तथा व्यवसायी महासंघले सरकार समक्ष १० बुँदे माग राख्दै पुरा नगरे आन्दोलनको चेतावनी दिएको हो ।
महासंघले कार्यक्रममा सरकारले देशमा व्यवसायीक वातावरण बिगारे आरोप लगाउँदै राष्ट्र बैंकले समेत भूमिका खेलेको बताएको छ । महासंघले अहिलेको नाजुक अर्थतन्त्रको जिम्मेवारी सरकार र राष्ट्र बैकको भएको बताएको छ ।
महासंघका अध्यक्ष एलपी साँवा लिम्बुले उद्योगी व्यवसायीको १० बुँदे सरकारले पुरा नगरे आन्दोलन गर्ने बताएका हुन् । उनले भने, ‘हाम्रो माग सम्बोधन नभए कडा आन्दोलन गर्ने छौं । देशमा सबै व्यवसायीहरु अहिले समस्यामा छन् ।’ उनले समस्यामा परेका व्यवसायीलाई सरकारले अझै समस्या थप्दै गयो भने महासंघ चुप्प लागेर नबस्ने बताए ।
महासंघले अनुसन्धानका नाममा उद्योगी/व्यवसायीमाथिको धरपकड रोकिनुपर्ने माग राखेको छ । यस्तै, उच्च ब्याजलाई घटाई उद्योग व्यवसाय गर्ने वातावरण सिर्जना गर्न समेत महासंघले माग राखेको छ । अर्थतन्त्रको मुख्य हिस्सा करिब ८१.५५ प्रतिशत ओगटेको निजी क्षेत्रलाई संरक्षण गर्ने र बैंकहरुले व्यवसायीलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन वातावरण बनाउनुपर्ने महासंघको माग छ ।
यसबाहेक अन्य मागसहित आफ्ना १० बुँदे माग तत्काल सुनुवाइ नभए आन्दोलनमा होमिने महासंघको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
-
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ
-
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
-
दीपाश्री निरौलालाई ब्रेन ट्युमर, शल्यक्रिया गरियाे
-
देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु
-
विद्यालयको चुनावमा शिक्षा अधिकृतमाथि कालो मोबिल खन्याएर दुर्व्यवहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण