कर्णालीमा फेसबुक बन्द गर्ने ‘एक्सन’ मा मुख्यमन्त्री शाही
–पूर्णबहादुर खड्का
सुर्खेत– कर्णालीका सरकारी र विद्यालयमा फेसबुक बन्द गर्ने अभिव्यक्तिले सामाजिक सञ्जालमा तरङ्ग फैलियो । तर, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अभिव्यक्ति मात्र हैन ‘एक्सन’नै लिन थालेका छन् । फेसबुक बन्द गर्ने हल्ला मात्र नभएर उनले आईतबार कार्यालयमा ईन्टरनेट प्रदायक संस्थाहरुसँग कार्यालय समयमा फेसवुकनै बन्द गर्ने विषयमा छलफल चलाएका छन् ।
सरकारी कार्यालयको समयावधिमा फेसबुक कसरी रोक लगाउन सकिन्छ भन्दै सुर्खेतमा रहेका सरकारी र नीजि स्वामित्वमा सञ्चालन भइरहेका इन्टरनेट सेवा प्रदायक संस्थाहरुसँग अनौपचारिक रुपमा छलफल गरेका हुन् ।
सुर्खेतमा रहेका नेपाल टेलिकम, वल्र्डलिंक, सुविसु, टेक माइण्ड र सुर्खेत केवल नेटले इन्टरनेट सेवा प्रवाह गर्दै आएका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सुरेश पहाडीले जानकारी दिए ।
मुख्यमन्त्रीले ल्याएको यो योजना पहिलो चरणमा मुख्यमन्त्रीको कार्यालयसहित मन्त्रालयहरुमा लागू हुने जनाइएको छ । ‘अब बिहान १० बजेदेखि साँझ ४ बजेसम्म कार्यालय अवधिमा फेसबुक चलाउन पाइने छैन’ पहाडीले भने,–‘सोमबार नै मुख्यमन्त्री कार्यालयले सबै इन्टरनेट सेवा प्रदायक कार्यालयलाई आधिकारिक पत्र पठाएर फेसबुक नचल्ने बनाउने छन् ।’
मुख्यमन्त्री शाहीले केही दिन अघि कार्यालय समयमा फेसबुक बन्द गर्ने अभिव्यक्ति दिएका थिए । उनी अहिले सुर्खेत आएपछि तत्काल फेसबुक बन्द गर्ने गृहकार्य अगाडि बढाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण