शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेता आयुष्मान खुराना बने वाइवाइका ब्राण्ड एम्बेसडर

मङ्गलबार, १९ भदौ २०८०, १५ : १९
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । बलिउड अभिनेता आयुष्मान खुरानालाई सिजि कर्प ग्लोबल अन्तर्गतको सीजी फुड्सले भारतमा आफ्नो उत्पादन वाइवाइ चाउचाउको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

अभिनेता आयुष्मानले विश्व बजारमा बेग्लै छाप बनाइरहेको नेपाली उत्पादनसँग व्यावसायिक सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनको सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीसँग मित्रवत सम्बन्ध रहेको छ । 

प्रबन्ध निर्देशक वरुण चौधरीले पनि बलिउड स्टार खुरानासँग सहकार्य गर्न पाउँदा खुसी लागेको जनाएका छन् ।

चौधरीले भने, ‘असाध्यै छोटो समयमा खुरानासँग सहकार्य गर्ने निर्णय भयो । मलाई विश्वास छ खुरानासँगको सहकार्यले ब्राण्डलाई अझै उचाइमा लैजान मद्दत पुग्नेछ ।’

आयुष्मान पछिल्लो समय बलिउड फिल्म ‘ड्रिमगर्ल २’लाई लिएर चर्चामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप