शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गांगुलीको जीवनमा आधारित चलचित्र बन्दै, आयुष्मानले भूमिका निभाउने

मङ्गलबार, १९ भदौ २०८०, १६ : ५३
मङ्गलबार, १९ भदौ २०८०

मुम्बई । आयुष्मान खुरानाको पछिल्लो चलचित्र ड्रिम गर्ल–२ को बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । यसबीच आयुष्मानले पूर्व क्रिकेटर सौरभ गांगुलीको जीवनीमा आधारित ‘दादा’ को भूमिका निभाउने विषयमा छलफल भएको छ । 

यसअघि चलचित्रमा रणवीर कपुरले गांगुलीको मुख्य भूमिका निभाउने बताइएको छ । पिंकभिल्लाको रिपोर्टअनुसार आयुष्मानले यस विषयलाई पुष्टि नगरे पनि उनले रिपोर्टलाई खारेज पनि गरेका छैनन् । उनले भनेका छन्, ‘म यसबारे अहिले केही भन्दिनँ । हामीले औपचारिक घोषणा पखर्नुपर्नेछ ।’

रिपोर्टका अनुसार यस वर्षको अन्त्यसम्ममा चलचित्रको सुटिङ सुरु हुनेछ । गत मे २६ मेमा निर्माता लव रंजन र अंकुर गर्ग गांगुलीसँग भेट्न कोलकाता पुगेका थिए । इन्डिया टुडेको समाचार अनुसार चलचित्रको विषयमा गांगुली र निर्माताबीच विस्तृत छलफल भएको थियो । निर्देशकले समेत गांगुलीसँग उनको जीवनको रोचक घटनाबारे कुराकानी गरेका छन् ।

चलचित्रको स्क्रिप्ट लेखनको काम पुरा भएको छ । चलचित्रमा उनको निजी जीवनमाथि धेरै ध्यान दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप