गांगुलीको जीवनमा आधारित चलचित्र बन्दै, आयुष्मानले भूमिका निभाउने
मुम्बई । आयुष्मान खुरानाको पछिल्लो चलचित्र ड्रिम गर्ल–२ को बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । यसबीच आयुष्मानले पूर्व क्रिकेटर सौरभ गांगुलीको जीवनीमा आधारित ‘दादा’ को भूमिका निभाउने विषयमा छलफल भएको छ ।
यसअघि चलचित्रमा रणवीर कपुरले गांगुलीको मुख्य भूमिका निभाउने बताइएको छ । पिंकभिल्लाको रिपोर्टअनुसार आयुष्मानले यस विषयलाई पुष्टि नगरे पनि उनले रिपोर्टलाई खारेज पनि गरेका छैनन् । उनले भनेका छन्, ‘म यसबारे अहिले केही भन्दिनँ । हामीले औपचारिक घोषणा पखर्नुपर्नेछ ।’
रिपोर्टका अनुसार यस वर्षको अन्त्यसम्ममा चलचित्रको सुटिङ सुरु हुनेछ । गत मे २६ मेमा निर्माता लव रंजन र अंकुर गर्ग गांगुलीसँग भेट्न कोलकाता पुगेका थिए । इन्डिया टुडेको समाचार अनुसार चलचित्रको विषयमा गांगुली र निर्माताबीच विस्तृत छलफल भएको थियो । निर्देशकले समेत गांगुलीसँग उनको जीवनको रोचक घटनाबारे कुराकानी गरेका छन् ।
चलचित्रको स्क्रिप्ट लेखनको काम पुरा भएको छ । चलचित्रमा उनको निजी जीवनमाथि धेरै ध्यान दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण