मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुरलीधरनको जीवनीमा आधारित चलचित्रको ट्रेलर लञ्च

बुधबार, २० भदौ २०८०, १६ : ०३
बुधबार, २० भदौ २०८०

मुम्बई । श्रीलंकाली महान् स्पीनर मुथैया मुरलीधरनको जीवनीमा आधारित चलचित्र ‘८००’ को ट्रेलिर रिलिज भएको छ । चलचित्रको ट्रेलर मुम्बईमा आयोजित एक कार्यक्रमबीच सचिन तेन्दुल्करले लञ्च गरेका हुन् । कार्यक्रममा पूर्वश्रीलंकाली कप्तान सनथ जयसूर्या पनि उपस्थित थिए ।

चलचित्रमा मुरलीधरनको भूमिका अभिनेता मधुर मित्तलले निभाएका छन् । मधुर यसअघि ओस्कर विजेता चलचित्र ‘स्लमडग मिलेनियर’ को हिस्सा रहेका थिए । त्यसमा उनले सलीम मलिकको भूमिका निभाएका थिए ।

‘८००’ को पटकथा तथा निर्देशन श्रीपतिले गरेका हुन् । यो तमिल, तेलुगु र हिन्दी भाषामा रिलिज हुनेछ । निर्माताले चलचित्रको रिलिज मिति भने घोषणा गरेका छैनन् ।

चलचित्रमा मुरलीधरनको जीवनको दोस्रो पाटो देख्न पाइने बताइएको छ । जहाँ उनले बाल्यकालमा भोगेको दंगाको पीडा, क्रिकेट करियरमा भोगेको चकिङको आरोपलगायत देखाइनेछ । ट्रेलरमा उनी सामान्य व्यक्तिबाट ‘लिजेन्ड्री’ स्पीनर बन्नेसम्मको यात्रा देखाइएको छ । मुरलीधरनको नाममा ८ सय टेस्ट विकेट लिने कीर्तिमान रहेको छ । त्यही भएर निर्माताले चलचित्रको नाम ‘८००’ राखेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप