किन फिल्मबाट टाढा भइन् बाहुबलीकी ‘देवसेना’ ?
हैदरबाद । अभिनेत्री अनुष्का शेट्टी ब्लकबस्टर फिल्म बाहुबलीमा देवसेनाको भूमिकाका लागि चर्चित छिन्। अनुष्काले यो क्यारेक्टरमार्फत हिन्दी क्षेत्रका दर्शकमा विशेष पहिचान बनाइन् ।
तर, यसका बाबजुद अनुष्काले ‘बाहुबली’ पछि कुनै पनि पान इन्डिया फिल्ममा काम गरेकी छैनन् । हालै अनुष्काले आफ्नो निर्णयको कारण बताएकी छिन् । केही समय कामबाट ब्रेक लिन चाहेको अभिनेत्रीको भनाई छ ।
अनुष्काले इन्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्तामा भनिन्, ‘बाहुबली पूरा गरेपछि मेरो ध्यान भागमाथीमा थियो । त्यसपछि केही समय आराम गर्न मन लाग्यो । यो निर्णय मैले आफैले लिएको हुँ । त्यतिबेला मलाई विश्राम लिनुपर्ने ठुलो आवश्यकता थियो ।’
अनुष्काले थप भनिन्, ‘मैले यो निर्णय लिए ताकि म आफ्नो भविष्यका प्रोजेक्टहरूमा राम्रोसँग ध्यान दिन सकूँ। मसँग यसको सही जवाफ छैन, तर म साँच्चै केही समय आराम गर्न चाहन्थे। त्यो अवधिमा मैले कुनै स्क्रिप्ट सुनिनँ, तर ब्रेकपछि अहिले काममा फर्किएको छु ।’
पान इन्डिया र बलिउड फिल्मको बारेमा कुरा गर्दै अनुष्काले भनिन्, ‘यदि मेरो हातमा ठूलो प्रोजेक्ट आयो भने म अवश्य गर्छु । चाहे जुनसुकै भाषाको होस् ।’ वास्तवमा अनुष्का ३ वर्षपछि तेलुगु फिल्म ‘मिस शेट्टी मिस्टर पोलिशेट्टी’ बाट कमब्याक गर्दैछिन् । बाहुबलीः द कन्क्लुजनपछि प्रभासले बलिउड र प्यान इन्डिया फिल्ममा काम गरिसकेका छिन् भने अनुष्काले तेलुगु फिल्म ‘भागमती’ र ओटीटी फिल्म ‘निशबधाम’ मा काम गरिसकेकी छिन् ।
अनुष्कालाई प्रभाससँग फेरि काम गर्ने बारेमा पनि सोधिएको थियो । उनले भनिन्, ‘यदि निर्माताहरूले उनलाई बलियो कथा र रचनात्मक दृष्टिकोणले बनेको स्क्रिप्ट प्रस्ताव गर्छन् भने, म पक्कै पनि सँगै काम गर्न चाहन्छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण