सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बारागढी गाउँपालिका जिल्लामै पहिलो ‘पूर्ण साक्षर गाउँपालिका’ घोषणा

म सङ्घीय शिक्षा ऐनको बाटो हेरिरहेको छु : मुख्यमन्त्री यादव
शनिबार, २३ भदौ २०८०, ०७ : ३५
शनिबार, २३ भदौ २०८०

बारा । जिल्लाका सुगम पालिकाहरूलाई उछिन्दै बारागढी गाउँपालिका जिल्लामै पहिलो ‘पूर्ण साक्षर गाउँपालिका’ घोषणा भएको छ । १६ पालिकाहरू मध्ये सदरमुकाम कलैया उपमहानगर, राजमार्गसँग जोडिएका जीतपुर सिमरा, निजगढ नगरपालिका सहित सुगम पालिकाहरूलाई उछिन्दै दक्षिण तर्फको कोर मधेसी समुदायको बाहुल्य रहेको बारागढी गाउँपालिका जिल्लामै पहिलो ‘पूर्ण साक्षर गाउँपालिका’ घोषणा भएको हो । 

शुक्रबार मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले गाउँपालिकालाई पूर्ण साक्षर भएको घोषणा सहित गाउँपालिका प्रमुख अशोक जैशवाललाई प्रमाणपत्र प्रदान गरेका हुन्  । ‘२०८० भदौ २२ गते बसेको बैठकको निर्णय अनुसार यस बारागढी गाउँपालिकाको १५ देखि ६० वर्ष उमेर समूहका जम्मा १७ हजार ५६६ जनसङ्ख्या मध्ये ९७ दशमलव २५ प्रतिशत जनसङ्ख्या साक्षर भएकोले यस बारागढी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएकोमा हार्दिक बधाई सहित यो प्रमाणपत्र प्रदान गरिएको छ’ मुख्यमन्त्री यादवले गाउँपालिका प्रमुख जैशवाललाई प्रदान गरेको प्रमाणपत्रमा उल्लेख छ । 

६ वटा वडा रहेको बारागढी गाउँपालिकामा वडा नं १ मा २ हजार २७० जना साक्षर छन् भने वडा नं २ मा ३ हजार ६३ जना, वडा नं ३ मा २ हजार ३ सय जना, वडा नं ४ मा ३ हजार ८९९ जना वडा नं ५ मा २ हजार ९८८ जना र वडा नं ६ मा २ हजार ५५४ जनसङ्ख्या साक्षर रहेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकालाई साक्षर बनाउन शिक्षकहरू खटाएर प्रत्येक वडामा १÷१ वडा सिकाई केन्द्र सञ्चालन गरेर १५ देखि  ६० वर्ष उमेर समूहका नागरिकलाई विभिन्न चरणमा समावेश गर्दै लेखपढ गर्न सिकाइएको थियो । 

हाल सो गाउँपालिकामा ९७ दशमलव २५ प्रतिशत नागरिक लेखपढ गर्न सक्ने भएका छन् । गाउँपालिकालाई पूर्ण साक्षर घोषणा गर्नु पूर्व पालिकाभित्र अक्षर चिन्न नसक्ने, आफ्नो नाम लेख्न, हस्ताक्षर गर्न नसक्ने नागरिकलाई फकाई फुलाई लेखपढ गर्न सिकाएको गाउँपालिका प्रमुख अशोक जैशवालले जनाएका छन् । 

g4

‘यसमा हामीलाई धेरै चुनौतीहरू आएको थियो, समाजबाट धेरै मान्छेलाई फकाई फुलाई गर्दै, तपाईहरु साक्षर हुनुहुन्न भने हाम्रो गाउँपालिकाबाट  कुनै पनि सेवा सुविधा हामी दिने छैनौ, किनकि तपाईहरु साक्षर हुर्नैपर्छ भन्यौ’ गाउँपालिकालाई पूर्ण साक्षर घोषणा हुनु पूर्व भोगेका चुनौतीहरूको सुनाउँदै प्रमुख जैशवालले भने ‘तपाईहरु कुनै अट्टा अफिसमा जाँदा ल्याप्चे लगाउनुहुन्छ, यसले हाम्रो गाउँपालिकाको बदनामी भइरहेको छ, त्यस कारण तपाईहरुमा आफ्नो नाम लेख्ने, अक्षर चिन्ने, सोधेको जवाफ दिने क्षमता हुन जरुरी छ भनेर  विभिन्न किसिममा प्रलोभन देखाएर नास्ता,खाजा खुवाएर, कापी कलम निःशुल्क दिएर हामीले पढायौ, सिकायौ’

बारागढी गाउँपालिकाकाले पहिलो चरणमा प्रत्येक वडाका  घरधुरीहरूमा पुगेर  १५ देखि ६० वर्ष उमेरका निरक्षर व्यक्तिहरूको तथ्याकं सङ्कलन गरेर थियो ।

दोस्रो चरणमा सिकाई केन्द्र सञ्चालन गर्ने र विद्यालय शिक्षकहरूको माध्यमबाट विभिन्न चरणमा समावेश गर्दै लेखपढ गर्न सिकाएको हो । 

g77

गाउँपालिका प्रमुख जैशवालले शिक्षक, अभिभावक विभिन्न गैरसरकारी सङ्घसंस्थाहरूमा सहयोगमा साथ सहयोगमा मात्र गाउँपालिका पूर्ण साक्षर घोषणा हुन सफल भएको बताएका छन् । नेपाल सरकारको मापदण्ड अनुसार पालिकाभित्र ९५ प्रतिशत नागरिक अनिवार्य  लेखपढ गर्न सक्ने हुनुपर्ने व्यवस्था छ ।

‘बारागढी गाउँपालिकामा ९७ दशमलव २५ प्रतिशत पुर्‍याएर पूर्ण साक्षर घोषणा गर्न सफल भएका छौ’ जैशवालले भने । पूर्ण साक्षर घोषणा हुनेमा बारागढी गाउँपालिका जिल्लामा पहिलो र मधेस प्रदेशमा तेस्रो हो । 

सो कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बारागढी गाउँपालिकालाई विद्यालय भवन निमार्णका लागि चालु आर्थिक वर्षमा थप ५ करोड  आर्थिक सहयोग गर्ने बताएका छन् ।

‘सङ्घीय शिक्षा ऐनको म बाटो हेर्दै छु, शिक्षा ऐनमा कति अधिकार प्रदेशलाई दिन्छ  हेर्दै छु, राम्रो सँग आयो भने ठिक छ, होईन भने हामी पुनः छलफलमा जान्छौ’ मुख्यमन्त्री यादवले भने

g6

‘सबैभन्दा धेरै जनसङ्ख्या भएको मधेस प्रदेश,सबैभन्दा बढी डाक्टर पनि यही प्रदेशमा छ, धेरै बिरामी हुने भनेको पनि यही प्रदेश हो, अनि बिरामी यहीको डाक्टर यहीको तर पैसा जान्छ हेटौडा, काठमाडौँ र धरानमा । यही प्रदेशमा उपचारको व्यवस्था गर्नका लागि पनि शिक्षा र स्वास्थ्य मन्त्रालय मैले अलग गरेको हो’ 

 मुख्यमन्त्री यादवले  सङ्घीय शिक्षा ऐन आएपछि  ए लेभलको अध्ययन हुने प्रादेशिक विद्यालय खोल्ने योजना रहेको बताएका छन् । ‘मधेस प्रदेश मेरो कार्यकालमा पूर्ण साक्षर हुन्छ र उपचार गराउन पनि बाहिर जानुपर्दैन’ मुख्यमन्त्री यादवले भने ।

शुक्रबार बारागढी गाउँपालिका घोषणा कार्यक्रममा बारा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, निर्वतमान सङ्घीय सांसद रामबाबु प्रसाद यादव, बारा १ (क) प्रदेशसभा सदस्य त्रिलोकी चौधरी, जिल्लाका पालिका प्रमुखहरू,  समन्वय समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

g13g11g10g9g8g2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप