मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

नइ प्रकाशनमा कुलपति र उपकुलपतिको व्यवस्था

शनिबार, २३ भदौ २०८०, १९ : ११
शनिबार, २३ भदौ २०८०

काठमाडौँ । नइ प्रकाशनले अध्यक्ष तथा उपाध्यक्ष पदलाई कुलपति र उपकुलपतिमा रूपान्तरण गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न प्रकाशनको विशेष साधारण सभाले सो निर्णय गरेको हो । 

सो संस्थाले नेपाली वाङ्‍‍मय परम्पराका साधक स्रष्टाहरूका स्थायी मूल्य र सार्वजनिक महत्त्वका अप्रकाशित प्राज्ञिक तथा सृजनात्मक कृतिहरूलाई बिक्री मूल्य नराखी प्रकाशन गर्दै आएको छ । साथै यो संस्था गैरनाफामूलक ढङ्गले सञ्चालनमा रही आएको छ । 

नइ प्रकाशनको उद्देश्य प्रकाशन व्यवसायद्वारा आयआर्जन गर्नुका सट्टा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विविध क्षेत्रका विशिष्ट प्रतिभाहरूलाई उपाधि सम्मान, पदक, पुरस्कार आदि अर्पणद्वारा प्राज्ञिक एवम् सृजनात्मक वातावरणको निर्माण तथा अभिवृद्धि गर्नु रहेको संस्थाका सदस्य सचिव नरेन्द्रराज प्रसाईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप