सहमतिपछि बागमती प्रदेशसभा बैठक बस्दै
काठमाडौँ । आइतबार बसेको सर्वदलीय बैठकमा सत्तारुढ दल र प्रतिपक्षबीच सहमति बनेपछि बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ ।
बजेटको विषयलाई लिएर प्रतिपक्षी दलहरूले बैठकमा अवरोध गर्दै आएपछि प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले आज सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा सरकारले प्रतिपक्ष दलले उठाएका माग प्रक्रियागत रूपमा माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आजदेखि बैठक सुचारु हुने भएको हो ।
चालु आर्थिक वर्ष २०८०–८१ को बजेट पारित गर्दा विपक्षी दलहरूसँग गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै प्रदेश सभा सञ्चालनमा एमाले र राप्रपाले अवरोध गर्दै आएका थिए । सरकारले यसअघि भएको सम्झौता अनुसार एमालेलाई ४५ करोड रुपैयाँ र राप्रपालाई २५ करोड रुपैयाँ बराबरको योजना तथा कार्यक्रम बजेटमा समावेश गर्ने गरी मन्त्रिपरिषद् बैठकबाट निर्णय गरिसकेको बताउँदै आएको थियो ।
यसअघि सरकार र विपक्षी दलबीच पटक–पटक भएको छलफलबाट ठोस निष्कर्ष निस्कन नसकेपछि भदौ १८ गतेदेखि प्रदेश सभा बैठक स्थगित हुँदै आएको थियो ।
आज प्रदेशसभाका २ वटा बैठकमा संचालन हुने बागमती प्रदेशसभा सचिवालय हेटौंडाका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । उनका अनुसार प्रदेशसभाको पहिलो बैठकमा केही विद्येयकहरु पेश हुनेछन् भने दोस्रो बैठकमा शोक प्रस्ताव पारित गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण