सर्लाही घटनामा मुस्लिम आयोगको चासो
काठमाडौं । मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र समुदायका धार्मिक धरोहरप्रति आक्रमण गरी अशान्ति फैलाउन खोजेको भन्दै आयोगले गम्भीर चासो प्रकट गरेको हो ।
मधेस प्रदेशका धनुषा, महोत्तरी, पर्सा र सर्लाहीमा केही समूहले सामाजिक सदभाव विथोल्ने प्रयास गरेको भन्दै आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले प्रहरी महानिरीक्षक सहित स्थानीय प्रशासनका अधिकारीलाई शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
यसैबीच आयोगका तर्फबाट शाखा अधिकृत विमला भूसालद्वारा जारी विज्ञप्तीमा भनिएको छ– ‘धार्मिक सहिष्णुता खल्बल्याई समाजमा अशान्ति सिर्जना गर्ने व्यक्तिहरुको पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्र्या समाजमा शान्ति र अमनचयन कायम गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराइन्छ ।’
आयोगले समाजमा शान्ति र अमनचयन कायम गरी सबै धर्म, समुदायहरुले धर्म र आस्थाप्रति सम्मान व्यक्त गर्न र धार्मिक सहिष्णुता बचाइराख्न अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण