नइका पाँच कृति लोकार्पण
आइतबार, २४ भदौ २०८०, २१ : १३
काठमाडौँ । नइ प्रकाशनबाट प्रकाशित पाँच वटा कृतिको लोकार्पण गरिएको छ । काठमाडौँमा आइतबार भएको एक कार्यक्रममा वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शंकर गिरीले सो कृतिको लोकार्पण गरेका हुन् ।
इन्दिरा प्रसाईँद्वारा लिखित ‘बघेनी’ नामक प्रयोगवादी कथासङ्ग्रह लगायत सुनिता कार्कीको ‘साथ रहोस् नरहोस्’, भगवती बस्नेतको ‘विश्वम्भरा’, ओमकुमारी बञ्जारा रानाभाटको ‘ऋतु’ र रश्मि रिमालबाट रचित ‘पर्दाभित्र’ कवितासङ्ग्रहहरु लोकार्पण गरिएका छन् ।
समारोहमा समालोचक प्रा।केशव सुवेदीले लोकार्पित कृतिहरुको समीक्षात्मक मन्तव्य राखेका थिए ।
समारोहमा कविता कृतिका नारीस्रष्टाहरुले कविता वाचन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण