सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नइका पाँच कृति लोकार्पण

आइतबार, २४ भदौ २०८०, २१ : १३
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । नइ प्रकाशनबाट प्रकाशित पाँच वटा कृतिको लोकार्पण गरिएको छ । काठमाडौँमा आइतबार भएको एक कार्यक्रममा वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शंकर गिरीले सो कृतिको लोकार्पण गरेका हुन् । 

इन्दिरा प्रसाईँद्वारा लिखित ‘बघेनी’ नामक प्रयोगवादी कथासङ्ग्रह लगायत सुनिता कार्कीको ‘साथ रहोस् नरहोस्’, भगवती बस्नेतको ‘विश्वम्भरा’, ओमकुमारी बञ्जारा रानाभाटको ‘ऋतु’ र रश्मि रिमालबाट रचित ‘पर्दाभित्र’ कवितासङ्ग्रहहरु लोकार्पण गरिएका छन् । 

समारोहमा समालोचक प्रा।केशव सुवेदीले लोकार्पित कृतिहरुको समीक्षात्मक मन्तव्य राखेका थिए ।  

समारोहमा कविता कृतिका नारीस्रष्टाहरुले  कविता वाचन गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप