कविता : बीपी एक आदर्श
इतिहासको काल कोठरीमा
एउटा अनौठो धावा थियो
बीपीको समाजवाद जिन्दावाद !
बीपीको साहित्यिक यात्रा जिन्दावाद !
बीपीको सत्सग मार्ग जिन्दावाद !
बीपीको प्रजातन्त्र यात्रा जिन्दावाद !
बीपीको मेलमिलाप निति जिन्दावाद !
यस्तै यस्तै जिन्दावादको नारा
लगाउँदै प्रजातन्त्रको मार्ग तयार गरेको
सात दशक भइसकेको छ ।
बीपीको समाजवादको नाराले
मात्र देशको मुहार फेरिँदैन
बीपी एक समयको नायक थिए
बीपी एक समयको साधक थिए
बीपी एक समयको प्रेरणा थिए
बीपी एक समयको ज्वाला थिए
बीपी एक सयमको आदर्श थिए,
साँच्चै बीपी एक समयको पथप्रर्दशक थिए
समयले परिवर्तनको बाटो मोडेको छ ।
बीपीको समाजवादको नारा
परिवर्तन हँुदै गएको छ
त्यसैले हामीले बीपीले देखाएको
विकासको मार्गलाई पहिल्याउन
जरुरी छ
जहाँ तानाशाहको अवशेषले
दागा धडिरहेको छ ।
नेपाली इतिहासका महापुरुष हुन् बीपी
उनैका सिद्धान्तको सहयताले भारतीय
स्वतन्त्रताको सङ्ग्राम अगाडि बड्यो
जसका कारण भारत अहिले
स्वतन्त्रताको नारा लगाइरहेको छ
त्यसैले विश्वले भन्ने गर्छन्
बीपी महापुरुष हुन्
बीपी युगपुरुष हुन्
बीपी विश्वासको पात्र हुन्
बीपी समग्र विश्व क्रान्तिका नायक हुन्
साँच्चै भन्दा बीपी युग–युगसम्म अमर रहने
कली युगका श्रीपुरुष हुन् ।
सामान्तले देशमा जरा गाडिरहेको अवस्थामा
एउटा अघोषित आन्दोलनले
सामान्तको जग हल्लियो
विस्तारै विस्तारै सामान्तहरूले
विर्ताको नाममा विभिन्न ठाउँको
नाइके बनाई नेपाली समाजवादको
आन्दोलनका धक्का लगाउने काम गर्दै
थियो ।
ठीक त्यसै बेला सामान्तको चिहान खन्ने
उद्घोष भयो
जसलाई बीपीले भनेका थिए
चिहान हामीले खन्ने होइन
सामान्तवादको चिहान आफैँले खन्नेछ
केवल हामीले बाटो देखाउने मात्र हो ।
अहिले पनि सामन्तवादका
अवशेषहरू हटाउन बीपीको विचारको खाँचो छ
त्यसैले साधकहरू भन्ने गर्छन्
बीपी एक योद्धा हो
बीपी एक विचार हो
बीपी एक परिवर्तन हो
बीपी एक संस्कृति हो
साँच्चै भन्दा
बीपी एक समग्र समाज विकासको
स्रोत हो ।
भोजपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण