विवाह बन्धनमा बाँधिए ‘क्याप्टेन अमेरिका’
न्युयोर्क । क्याप्टेन अमेरिकाका रुपमा चर्चित अभिनेता क्रिस इभान्सले आफ्नी लामो समयदेखि प्रेमिका अल्बा ब्याप्टिस्टासँग गोप्य विवाह गरेका छन् । अमेरिकी मिडिया पेज सिक्सका अनुसार यी जोडीले शनिबार सेप्टेम्बर ९ मा आफ्नो घरमा गोप्य रूपमा विवाह गरेका हुन् ।
यस समारोहमा उपस्थित हुनुअघि यसको खुलासा नगर्ने पत्रमा सबै अतिथिहरूले हस्ताक्षर गरेका थिए। यससँगै कार्यक्रममा फोन लैजान पनि रोक लगाइएको थियो ।
बोस्टनमा दम्पतीको घरमा भएको विवाहमा परिवारका नजिकका सदस्य र केही साथीहरू मात्र सहभागी थिए। बाहिर आएका केही तस्विरहरूमा ४२ वर्षीय क्रिस र २६ वर्षीय अल्बा मार्भलको चर्चित ‘एभेन्जर्स’ सिरिजका केही कलाकारहरूसँग बसेको देखिन्छ ।
जेरेमी रेनर, रोबर्ट डाउनी जुनियर र क्रिस हेम्सवर्थ जस्ता कलाकारहरू क्रिससँग सामाजिक सञ्जालमा भाइरल फोटोहरूमा देखिएका छन्। उनीहरु सबै स्थानीय रेस्टुरेन्टमा सँगै खाना खाएको देखिएका थिए ।
अभिनेता क्रिस इभान्सले र अल्बाले नोभेम्बर २०२२ मा एकअर्कालाई डेट गर्न थालेका थिए। नयाँ वर्षको पूर्वसन्ध्यामा दुवैले सामाजिक सञ्जालमा रोमान्टिक भिडियो पनि सेयर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण