साहित्यकार राजेन्द्र पराजुलीको निधन

साहित्यकार राजेन्द्र पराजुलीको निधन भएको छ । केही दिनदेखि निमोनियाबाट पीडित पराजुलीको आज बिहान बी एन्ड बी अस्पतालमा निधन भएको हो ।
निमोनिया उपचारका लागि हिजो राति बी एन्ड बी हस्पिटलको इमर्जेन्सीमा भर्ना गरी उपचारका क्रममा आज बिहान ७ बजे उनको निधन भएको हो । उनको दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
काठमाडौँको कोटेश्वरमा जन्मेहुर्केका पराजुलीका ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चस्मा’, ‘जन्तमन्तर’ र ‘कोटेश्वरको केटो’ लगायत दर्जन कृति चर्चित छन् ।
उनले राजधानी दैनिक, नेपाल समाचारपत्र, आर्थिक दैनिक, नागरिक, बाह्रखरी, देखापढी, फरक धारसहित विभिन्न टेलिभिजन र एफएममा संवाददाता तथा सम्पादक, सल्लाहकार सम्पादकका रूपमा काम गरेका छन् ।
अखबार क्षेत्रमा उनले करिब २३ वर्ष विताए भने साहित्यिक पत्रकारितामा करिब ३० वर्ष बिताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति गरिँदै
-
यसपछि केही गर्दिन : आमिर खान
-
बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा
-
यातायात बन्दको मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो, तस्बिरहरू
-
भक्तपुरको शङ्कर नेशनल स्कुलले मनायो दीक्षान्त समारोह
-
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन (तस्बिरहरू)