शेर्पा सारथि टीटी टायरको बिक्री सुरु
काठमाडौँ । नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टर ट्रली तथा ट्रलीको लागि प्रयोग हुने ९.००–२० र १०.००–२० साइजका शेर्पा सारथि टीटी टायरको बिक्री–वितरण प्रारम्भ गरेको छ ।
नाडा अटो शो २०२३ को शुभारम्भको अवसरमा एक कार्यक्रम बीच माननीय अर्थमन्त्री डा. प्रकाश शरण महतले औपचारिक रूपमा सो टायर सार्वजनिक गरेका हुन् ।
विशेष गरी ट्रली तथा ट्रयाक्टर ट्रलीमा प्रयोग हुने ९.००–२० र १०.००–२० का टायरहरू मोटो गोटी तथा लाइन गोटीमा १८ प्लाई रेटिङमा उपलब्ध छन् ।
उच्च गुणस्तरीय हेभी ड्युटी ती टायरमा कट रेसिस्टेन्स क्षमता भएकाले नेपाली माटो तथा बाटोका लागि उपयुक्त भएको कम्पनीका निर्देशक विकास सिंघानियाले जानकारी दिए । यी टायर तुलनात्मक रूपमा सस्तो, सुलभ र गुणस्तरीय भएकाले बजार मागको ठुलो हिस्सा ओगट्ने विश्वास सिंघानियाले व्यक्त गरे ।
करिब ५ वर्ष पहिले स्थापित निजी क्षेत्रको पहिलो टायर उद्योग ग्रिन टायर प्रालिले मोटरसाइकल, स्कुटर, अटो, टेम्पु तथा ट्रयाक्टरका टायरहरू यस अघि नै बजारमा बिक्री–वितरण गर्दै आइरहेको छ ।
हाल कम्पनीले वार्षिक १ लाख थान टायर उत्पादन गर्दै आएको र १०० जना कामदारले प्रत्यक्ष रोजगार पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनता सजग नभए संविधानमा हुने प्रतिगामी संशोधन रोक्न सकिँदैन : प्रदीप ज्ञवाली
-
एआई क्यामेरामार्फत ५९ जना पक्राउ, जेनजी प्रदर्शनमा लुटिएका १८५ हतियार बरामद
-
कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा सञ्चालनमा, वैदेशिक व्यापार लागत घट्ने अपेक्षा
-
हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड
-
तेल आपूर्तिका सबै विकल्प कमजोर, विश्व बजारमा थप संकटको खतरा
-
काठमाडौँमा लागुऔषधको मुद्दा २ सयले बढ्यो, १ हजार ७३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण