घरेलु महिला श्रमिकमाथिको प्रतिबन्ध तत्काल नहट्ने
काठमाडौँ । वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन लागेको प्रतिबन्ध तत्काल नहट्ने भएको छ। विभिन्न देशहरूबाट घरेलु महिला श्रमिक पठाउन दबाब आइरहेको छ। तर, ती देशमा उनीहरूको सुरक्षा ग्यारेन्टी गर्न नसकिने निष्कर्षसहित प्रतिबन्ध तत्काल नहटाउन नसकिने निष्कर्ष निकालेको हो।
तत्कालीन समयमा संसदीय समितिले नै नेपाली श्रमिकलाई घरेलु कामदारको रूपमा पठाउन रोक लगाउन निर्देशन दिएको थियो। सोही आधारमा सरकारले प्रतिबन्ध लगाएको थियो। कुवेत, ओमान, बहराइन र साउदी अरबमा घरेलु कामदार पठाउन नसकिने निष्कर्ष निकालेको हो।
ती बाहेकका देशमा भने नेपालले राखेको सर्त तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कामदारको सुरक्षा ग्यारेन्टी गर्न सकिने प्रतिबद्धता आएको खण्डमा पठाउन सकिने गरी सरकार लचिलो बनेको हो। काठमाडौँ भएको दुई दिने छलफलमा विभिन्न देशका राजदूतहरूले घरेलु श्रमिक पठाउन नहुने धारणा राखेका थिए। सोही आधारमा सरकार तत्काल प्रतिबन्ध हटाउन नहुने निष्कर्षमा पुगेको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रोतकाअनुसार उनीहरूले नेपालले राखेको सर्त मानेको खण्डमा मात्र घरेलु श्रमिक पठाउन सकिने भएको हो। ती चार देशमा भने तत्कालको समयमा पठाउन नहुने निर्णय गरिएको ती अधिकारीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण