‘मिस धरान आईकन’ का लागि ११ प्रतियोगी छनौट

काठमाडौँ । ‘मिस धरान आईकन’को लागि ११ प्रतियोगी छानिएका छन् । मंगलबार धरानस्थित हाङ्गकोक सारङ्ग कोरियन रेस्टुरेन्टमा आयोजित प्रारम्भिक चरणको पहिलो अडिसनमा सयौँ प्रतियोगीले अडिसन दिएका थिए ।
धरानका युवतीहरूको प्रतिभा निखार्ने उद्देश्यले गत वर्षबाट सुरु भएको प्रतियोगितामा कम्तीमा पनि एसईई उत्तीर्ण धरानका युवतीहरूले सहभागी जनाउन सक्नेछन् । पहिलो चरणको अडिसनमा कोरियोग्राफर प्रोजिता लामा, मिस धरान आईकन फष्ट रनर अप प्रेजिना राई र सेकेन्ड रनर अप श्वेता विश्वकर्मा पोखरेल निर्णायक रहेका थिए । प्रतियोगिताको दोस्रो अडिसन पनि छिट्टै हुनेछ ।
अडिसनबाट छानिएका प्रतियोगीलाई २० दिनको प्रशिक्षण दिइनेछ । जसमा कोरियोग्राफी ‘मिस तामाङ २०१९’ प्रदेश १ विजेता तथा ‘मिस टुरिज्म क्विन वर्ल्ड २०१९’ मा बेस्ट इस्माइलको टाइटल विजेता प्रोजिता लामाले गर्नेछिन् ।
प्रतियोगीहरूलाई व्यक्तित्व विकास, फोटो फेशन, र्याम्प शो, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवक लगायतका अन्य विभिन्न विषयहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण दिइनेछ । प्रतियोगितामा शीर्ष सहित करिब दर्जन विधामा विजेता छानिनेछ । प्रतियोगिताको अन्तिम स्पर्धा असोज २६ गते आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो
-
क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक
-
नेपाल धितोपत्र बोर्डमा पस्यो अख्तियार, उच्च अधिकारीसँग ५ घण्टा सोधपुछ
-
विपद् व्यवस्थापनको सचेतनाका लागि पाँच भाषामा सन्देश निर्माण गर्दै प्राधिकरण
-
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई सय बढी प्रत्यक्ष लाभान्वित
-
बागमती प्रदेशमा मनाइयो भाषा दिवस