दुःख छिपाउने मेरा बा
बिहीबार, २८ भदौ २०८०, ११ : ०६
बा हातमा के भएको
तिमीले खान नमिल्ने ऐँसेलु फलेको छोरा भन्दै
दुःख छिपाउनु भयो ।
बा, साहुकाजी आज बिहानै किन हाम्रो घर आको
अनि हजुरसँग किन झर्किंदै बोल्दै थियो
तिमीले कति पढेऊ भनेर हेर्न आ’को बाबु
आज पनि बुवाले दुःख छिपाउनु भयो ।
बा मलाई नयाँ लुगा किन्दा आफूलाई
किन नकिन्नु भएको ?
‘मलाई पुरानो लुगा मन पर्छ बाबु’
फेरि दुःख छिपाउनु भयो ।
बाले दुःख छिपाएरै सुखबाट वञ्चित भइरहनुभयो
मलाई जिताउन आफू हारिरहनु भयो
हातमा उठेका ठेलालाई
ऐँसेलु भन्नुभयो
साहुले गाली गर्दा सहनुभयो
मलाई नयाँ लुगा किनेर आफू
पुरानै लुगामा चित्त बुझाउनुभयो
आज बुवा प्रश्न गर्नु हुन्छ–
छोरा गाउँ कहिले आउँछस् ?
तर म यथार्थ लुकाउँदै जवाफ दिने गर्छु
छिट्टै आउँछु बुवा !
दार्चुला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण