केन्द्रीय आयोगदेखि केन्द्रीय परिषद्सम्म समाजवादीले क–कसलाई गर्यो मनोनयन ?
_i5RPNFCiut.jpg)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय आयोगहरुका सदस्यहरु थपघट गरेको जनाएको छ । एकीकृत समाजवादीले मातहतका कमिटीमा एक सर्कुलर पठाउँदै केन्द्रीय अनुशासन आयोगमा अध्यक्षसहित ३६ जनालाई मनोनीत गरेको हो । यसैगरी केन्द्रीय लेखा परीक्षण आयाेगमा ३२, निर्वाचन आयोगमा ३६ जना रहेका छन् ।
यसैगरी केन्द्रीय सल्लाहकारको रुपमा टीकाराम रिजाल, शिवधारी पटेल, वीरेन्द्रबहादुर राई, इन्द्रबहादुर थापा र नीलकण्ठ पौडेल रहेका छन् । यस्तै ज्येष्ठ कम्युनिस्ट मञ्चको सदस्यमा राजन श्रेष्ठ, केन्द्रीय परिषद् सदस्यमा पनि राजीव गुरुङ उर्फ दीपक मनाङेसहित १३ जना रहेका छन् ।
खतिवडाका अनुसार परिषद् सदस्यमा मनोनीत हुनेहरुमा चिरिञ्जीवी पाण्डे, अच्युत पाण्डे, दिनेश रावल, राजीव गुरुङ, नवराज अर्याल, समसुद्दिन सिद्धिकी, भद्रप्रसाद देवकोटा, हेमन्त रेग्मी, रमेशबाबु श्रेष्ठ, अमृतसागर बस्नेत, हरि खड्का, विकेश लामा, संग्राम लामा, पदम थापा, सूर्य पाख्रिन, भीमबहादुर र प्रा.डा. होमबहादुर बडुवाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय र प्रारम्भिक बाल विकासको विषय टुङ्गिन सकेन
-
प्ले–अफ चरणमा पुग्न हतारिएको गुजरात र अगाडि बढ्न संघर्षरत दिल्ली भिड्दै
-
फौजदारी अभियोगमा थुनिएका शिक्षकले सफाइ पाएपछि मागे थुना अवधिभरको तलब, सर्वोच्चले के भन्यो ?
-
वाईसीएल अध्यक्ष पदका लागि आकांक्षीको लर्को
-
उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
-
सुदूरपश्चिम प्रदेशको वनमन्त्रीमा रामेश्वर चौधरी नियुक्त