एनआईसी एशिया बैंकद्वारा ३०.५२६३ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौँ । एनआईसी एशिया बैंकको शुक्रबार सम्पन्न संचालक समितिको ६२९ औं बैठकले लाभांश पारित गरेको छ । बैंकको आर्थिक वर्ष २०७९÷८० को मुनाफा तथा सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ३०.५२६३ प्रतिशत लाभांश (रू. ३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६ रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरिएको हो ।
बैठकले उक्त प्रस्तावित लाभांश मध्ये २९ प्रतिशत बोनश शेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ रुपैयाँ) र १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४० रुपैयाँ) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २६ औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैंकका शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६०८ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण