शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

शनिबार, ३० भदौ २०८०, २० : ५०
शनिबार, ३० भदौ २०८०

मुम्बई । शाहरुख खान र सलमान खानको फिल्म टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने भएको छ । शाहरुख र सलमानले स्क्रिप्टलाई ग्रिन सिग्नल दिएका छन् । 

फिल्मका निर्माता आदित्य चोपडाले दुवै मेगास्टारलाई सँगै बसेर स्क्रिप्ट सुनाएका थिए । दुवैलाई फिल्मको स्क्रिप्ट पनि मन परेको छ । फिल्मको कथा एक महिनाअघि शाहरुख र सलमानलाई छुट्टाछुट्टै भेटमा भनिएको थियो ।
प्रि-प्रोडक्सनको काम नोभेम्बरबाट सुरु हुनेछ। फिल्मको छायांकन पनि आउँदो मार्चबाट सुरु हुनेछ ।

यशराज स्टुडियोले यो फिल्मलाई ठूलो बनाउन कुनै कसर छोड्न चाहेको छैन । किन नहोस्, शाहरुख–सलमान धेरै वर्षपछि सँगै पूरै फिल्ममा काम गर्न लागेका हुन् । ट्रेड विज्ञहरूका अनुसार टाइगर भर्सेस पठान हिन्दी फिल्म इतिहासकै सबैभन्दा महँगो फिल्म हुनेछ ।

फिल्मलाई पठान र वार निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गर्नेछन्। वार २ जस्तो फिल्म सिद्धार्थ आनन्दको हातबाट फुस्केको थियो । यशराज फिल्म्सले उनको स्थानमा आयन मुखर्जीलाई मौका दिएको थियो । सायद यसै कारणले सिद्धार्थ आनन्दलाई टाइगर वीएस पठानको जिम्मेवारी दिइएको छ ।

शाहरुख र सलमान पहिलो पटक सन् १९९५ मा फिल्म करण अर्जुनमा देखिएका थिए । यो फिल्म आफ्नो समयमा ठूलो हिट थियो। त्यसपछि दुवैले ‘हम तुम्हारे हैं सनम’ मा सँगै काम गरेका थिए । ‘कुछ कुछ होता है’ मा सलमान अतिथि भूमिकामा थिए जसलाई दर्शकले निकै रुचाएका थिए । 

 त्यसपछि २०१८ मा रिलिज भएको शाहरुख खानको फिल्म जिरोमा पनि सलमानको क्यामियो थियो । यसै वर्ष रिलिज भएको फिल्म पठानमा सलमानको दमदार क्यामियो देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप