बढ्यो विदेशी मुद्राको सञ्चिति, १२ महिनाको आयात धान्ने
काठमाडौँ । नेपालको कूल विदेशी विनिमयको सञ्चिति २.२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले २०८० असार मसान्तको तुलनामा २.२ प्रतिशतले विदेशी मुद्राको सञ्चिति बढेको जनाएको हो ।
यससँगै, साउन मसान्तसम्ममा नेपालको कूल विदेशी मुद्राको सञ्चिति १५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । जुन, असार मसान्तमा १५ खर्ब ३९ अर्ब रुपैयाँ थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति ११ अर्ब ८५ करोड पुगेको छ । असार मसान्तमा यस्तो सञ्चिति ११ अर्ब ७१ करोड डलर थियो ।
यससँगै, आर्थिक वर्ष २०८०÷८१ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५ महिनाको वस्तु आयात धान्ने छ । यस्तै, यो सञ्चिति १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । २०८० साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः २९.२ प्रतिशत, ८५.७ प्रतिशत र २६.३ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरू क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।
विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति समेत वृद्धि भएको छ । २०८० असार मसान्तमा १३४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८० साउन मसान्तमा २.९ प्रतिशतले बढेको हो । यससँगै, १३ खर्ब ८५ अर्ब २४ करोड रुपैयाँ पुगेका छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८० साउन मसान्तमा २.९ प्रतिशतले कमी आई १ खर्ब ८७ अर्ब ८९ करोड कायम भएको छ ।
२०८० साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण