विराटनगरका निश्चित क्षेत्रमा २ महिनासम्म सभा जुलुस गर्न नपाइने

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले असोज १ गतेदेखि निश्चित क्षेत्रमा २ महिनासम्म सभा जुलुस गर्न नपाइने जनाउँदै निषेधित क्षेत्र घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार एक सूचना जारी गर्दै विराटनगर महानगरपालिकालाई केन्द्रविन्दु राखि विविध समूहलगायतबाट विरोध, धर्ना, जुलुस आयोजना गरिएको जनाउँदै असोज १ गते बिहान ६ बजेदेखि २ महिना सम्मका लागि निषेधित क्षेत्र तोकेका हुन् ।
निषेधित क्षेत्र तोकेका स्थानहरुमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र, मुखयमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवासको ३ सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट ३ सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्व रहेको छ ।
उक्त स्थानमा सर्वसाधरण तथा सवारी साधन आवात जावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको हो । निषेधाज्ञाका उल्लंघन गरिए कानून अनुसार कारबाही हुने सूचनामा उल्लेख छ ।
प्रदेश नं.१ पुनः नामाकरण संयुक्त संघर्ष समितिद्वारा २ गते विराटनगरमा वृहत मोटरसाइकल र्याली गर्ने जनाउँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार
-
नेपाली उत्पादनको निर्यात प्रवर्द्धन हुने गरी बजेटमा सम्बोधन हुनुपर्छ : अध्यक्ष ढकाल
-
१० बजे १० समाचार : रवीन्द्र मिश्रलाई राहतदेखि छवि र रविको मुद्दा हेर्दाहेर्दैमासम्म