तिज धर्म, संस्कृति संरक्षणको पक्ष बनेको छ : मुख्यमन्त्री चौधरी
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले परापूर्व कालदेखि मनाइँदै आएको तिज धर्म, संस्कृति संरक्षणको पक्ष बनेको बताएका छन् ।
नेपाली हिन्दू महिलाको महत्वपूर्ण तथा महान पर्व तिजको अवसरमा आज जारी गरिएको शुभकामना सन्देशमा मुख्यमन्त्री चौधरीले हरितालिकाको महत्व, परम्परा, मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न सकियोस् भन्ने कामना गरेका छन् । उनले तिज पर्वमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनको पनि अन्त्य हुनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री चौधरीले यस पर्वले नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, पारिवारिक एकता, सदभाव र पारस्परिक सम्बन्ध कायम होस भन्दै यस्ता सांस्कृतिक पर्वहरूले सबै प्रदेशबासीको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण