१० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद
सोमबार, ०१ असोज २०८०, २१ : ११
पर्सा । वीरगन्ज महानगरपालिका १६ नगवास्थित सीमा इलाकाबाट सोमबार सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले १० बोरा लत्ताकपडा बरामद गरेको हो ।
भारतबाट अवैध रूपले १० वटा साइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेका व्यक्ति भने टाढैबाट सुरक्षा फौजलाई देख्नासाथै सोही ठाउँमा लत्ताकपडा छाडी साइकल लिई फरार भएका थिए ।
बरामद लत्ताकपडा वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण