१० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद
सोमबार, ०१ असोज २०८०, २१ : ११

पर्सा । वीरगन्ज महानगरपालिका १६ नगवास्थित सीमा इलाकाबाट सोमबार सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले १० बोरा लत्ताकपडा बरामद गरेको हो ।
भारतबाट अवैध रूपले १० वटा साइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेका व्यक्ति भने टाढैबाट सुरक्षा फौजलाई देख्नासाथै सोही ठाउँमा लत्ताकपडा छाडी साइकल लिई फरार भएका थिए ।
बरामद लत्ताकपडा वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध
-
झापामा लागु औषधसहित २ युवायुवती पक्राउ
-
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
-
खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता
-
गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
-
पचास लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा