एलजी फ्ल्यागसिप शोरुम पुनः शुभारम्भ
बुधबार, ०३ असोज २०८०, १२ : ३९

काठमाडौँ । चौधरी ग्रुपअन्तर्गत मिनभवनमा रहेको एलजी ब्रान्डको आफ्नै शोरुम अपग्रेड पश्चात् पुनः शुभारम्भ भएको छ । नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एलजी ब्रान्डका घरायसी विद्युतीय सामाग्रीहरू उपलब्ध छन् ।
राजधानीको मुख्य व्यापारिक केन्द्र मिनभवनको गोरखा कम्प्लेक्समा अवस्थित यस शोरुम २००५ मा स्थापित एलजी ब्रान्डको पहिलो शोरुम हो । ग्राहक वर्गहरुले दक्ष र अनुभवी प्रतिनिधिहरुबाट यहाँ भएका विद्युतीय सामाग्रीहरूबारे जानकारी पनि लिन सक्नेछन् ।
यो शोरुम हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका ७ः३० बजेसम्म खुल्ला रहनेछ । एलजी शोरुममा रिओपनिङ्गको अवसरमा विशेष छुटका साथै, फ्रीगिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी र एक्सचेन्ज अफरको पनि सुविधा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
इटालियन सिरी’ए : तेस्रो स्थानको एटलान्टा विजयी
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गाजा दहमा बन्यो पर्यटकीय पूर्वाधार
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु