श्रम तथा रोजगार मन्त्री भण्डारी भन्छन्– ‘१ सय ७८ देशमा पुगे नेपाली’
काठमाडौँ । श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारीले नेपालीहरू १ सय ७८ देशमा पुगेको बताएका छन् । यस्तै श्रमिकको रूपमा १ सय ११ देशमा पुगेको र ती देशहरूमा उनीहरूको अवस्था बुझ्ने काम भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले श्रमिकका रूपमा नेपाली पुगेका देश र नेपाल सरकारबीच सम्बन्ध कायम गर्न सरकार प्रयासरत रहेको जानकारी गराए ।
द्विपक्षीय सम्झौता नभएका देशमा पनि नेपालीहरू विभिन्न बाटो हुँदै पुगिरहेको बताउँदै उनले उनीहरूको अवस्था कूटनीतिक नियोगबाट बुझिरहेको बताए । वैदेशिक रोजगारीका क्रममा धेरै नेपाली विदेशी जेलमा परेकोले उनीहरू भएको देशको कानुनी अवस्था अध्ययन गरेर छुटाउन पहल गर्ने काम भइरहेको बताए ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको रेकर्ड राख्नका लागि ‘डाटाबेस’ प्रणाली राख्न लागिएको र संस्थागत माध्यमबाट को कहिले कुन देशमा गएको भन्ने रेकर्ड राखिने बताए । तर अवैध बाटो, भिजिट भिसा लगायतबाट जानेहरूको भने रेकर्ड राख्न नसकिने उनले बताए ।
नेपालीहरू श्रम सम्झौता नभएको देशमा भिजिट भिसामा जाने गरेको र त्यसलाई रोक्न खोज्दा ‘मेरो व्यक्तिगत पैसा खर्च गरेर विदेशमा घुम्न जान पाउनु हाम्रो मौलिक अधिकार हो’ भन्ने तर्क आउने गरेकोले कठिन भएको उदाहरण समेत दिए ।
मन्त्री भण्डारीले सरकारले राष्ट्रिय आप्रवासनको नीति बनाउन लागेको बताउँदै कुन देशमा नेपाली श्रमिक पठाउँदा नेपालीलाई श्रम, सीप र आर्थिक आर्जन राम्रो हुन्छ त्यसका लागि काम गर्ने बताए । उनले प्रतिवर्ष १५ हजार हाराहारी फ्री भिसामा वैदेशिक रोजगारीमा समेत गएको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण