सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा डेंगु संक्रमितको संख्या २८ नाघ्यो

बिहीबार, ०४ असोज २०८०, २१ : ०६
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको संख्या २८ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार २८ हजार ९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको छ भने डेंगु सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । सङ्क्रमण देखिएका जिल्लाहरूमध्ये सबैभन्दा धेरै सङ्क्रमित सुनसरी जिल्लामा पुष्टि भएको छ ।

सुनसरीमा १५ हजार ९०७ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । दोस्रो धादिङ जिल्लामा २ हजार ९९२  सङ्क्रमित भएका छन् । मोरङमा २ दुई हजार २६१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, क्रमशः १ हजार ३९४ झापा, ५१७ काठमाडौँ, ४३३ सङ्खुवासभा, ४०३ धनकुटा, ३३९कैलाली, ३३१ धनुषा, र ३०२ तनहुँमा सङ्क्रमित रहेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

कुन प्रदेशमा कति सङ्क्रमित  ?               

सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २० हजार ९५० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि बाग्मती प्रदेशमा ४ हजार २५२ जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ८७९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा ८२२, मधेस प्रदेशमा ५६४, लुम्बिनी प्रदेशमा ४६८ र कर्णाली प्रदेशमा ७४ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप