एसियाली खेलकुदमा नेपाल : टेबलटेनिसको महिला टिम स्पर्धामा पराजित
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा शुक्रबार नेपाली महिला फुटबल टोलीले आफ्नो पहिलो खेल खेल्दै छ । प्रतियोगितामा नेपाली टोली समूह ‘डी’ मा रहेको छ । नेपाल र भियतनामबीचको खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ ।
नेपालको समूहमा बङ्गलादेश र बलियो जापान पनि रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल सेप्टेम्बर २५ तारिखमा जापानसँग खेल्नेछ । त्यसपछि समूहगत चरणको अन्तिम खेल नेपालले सेप्टेम्बर २८ तारिखमा बङ्गलादेशसँग खेल्नेछ ।
१९औँ एसियाली खेलकुदमा नेपालले फुटबलको महिला स्पर्धामा मात्र सहभागिता जनाएको छ । नेपालले पुरुष फुटबलमा भने भाग लिएको छैन । एसियाली खेलकुदको १९औँ संस्करणको औपचारिक उद्घाटन भने शनिबार हुनेछ ।
यसैगरी नेपालले शुक्रबार टेबलटेनिसको महिला टिम स्पर्धामा प्रतिस्पर्धा गर्यो । शुक्रबार टिम स्पर्धाअन्तर्गत खेलिएको समूह ‘एफ’ को प्रारम्भिक चरणको खेलमा नेपालले लगातार तीनवटा खेलमा पराजय भोग्यो ।
पहिलो खेलमा नेपालकी नबिता श्रेष्ठ सिंगापुरकी झु जिङ्यीसँग ०—३ सेटले पराजित भइन् । सिंगापुरकी खेलाडीले नवितालाई ११—४, ११—३ र ११—४ अंकले पराजित गरिन् । शुक्रबार नै खेलिएको दोस्रो खेलमा नेपालकी सिक्का सुवाल पनि सिंगापुरकी प्रतिद्वन्द्वीसँग ०—३ सेटले नै पराजित भइन् । सिंगापुरकी जिन जेङले नेपालकी सिक्कालाई ११—२, ११—१ र ११—४ अंकले हराइन् ।
शुक्रबार नै भएको तेस्रो खेलमा नेपालकी इभाना थापामगर पनि सिंगापुरकी प्रतिद्वन्द्वीसँग ०—३ सेटले पराजित भइन् । सिंगापुरकी रु झिन वङले नेपालकी इभानालाई ११—३, ११—७ र ११—४ अंकले पराजित गरिन् । एसियाली खेलकुदमा नेपालको पुरुष भलिबल टोली भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण