एसियाली खेलकुदमा नेपाल : टेबलटेनिसको महिला टिम स्पर्धामा पराजित

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा शुक्रबार नेपाली महिला फुटबल टोलीले आफ्नो पहिलो खेल खेल्दै छ । प्रतियोगितामा नेपाली टोली समूह ‘डी’ मा रहेको छ । नेपाल र भियतनामबीचको खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ ।
नेपालको समूहमा बङ्गलादेश र बलियो जापान पनि रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल सेप्टेम्बर २५ तारिखमा जापानसँग खेल्नेछ । त्यसपछि समूहगत चरणको अन्तिम खेल नेपालले सेप्टेम्बर २८ तारिखमा बङ्गलादेशसँग खेल्नेछ ।
१९औँ एसियाली खेलकुदमा नेपालले फुटबलको महिला स्पर्धामा मात्र सहभागिता जनाएको छ । नेपालले पुरुष फुटबलमा भने भाग लिएको छैन । एसियाली खेलकुदको १९औँ संस्करणको औपचारिक उद्घाटन भने शनिबार हुनेछ ।
यसैगरी नेपालले शुक्रबार टेबलटेनिसको महिला टिम स्पर्धामा प्रतिस्पर्धा गर्यो । शुक्रबार टिम स्पर्धाअन्तर्गत खेलिएको समूह ‘एफ’ को प्रारम्भिक चरणको खेलमा नेपालले लगातार तीनवटा खेलमा पराजय भोग्यो ।
पहिलो खेलमा नेपालकी नबिता श्रेष्ठ सिंगापुरकी झु जिङ्यीसँग ०—३ सेटले पराजित भइन् । सिंगापुरकी खेलाडीले नवितालाई ११—४, ११—३ र ११—४ अंकले पराजित गरिन् । शुक्रबार नै खेलिएको दोस्रो खेलमा नेपालकी सिक्का सुवाल पनि सिंगापुरकी प्रतिद्वन्द्वीसँग ०—३ सेटले नै पराजित भइन् । सिंगापुरकी जिन जेङले नेपालकी सिक्कालाई ११—२, ११—१ र ११—४ अंकले हराइन् ।
शुक्रबार नै भएको तेस्रो खेलमा नेपालकी इभाना थापामगर पनि सिंगापुरकी प्रतिद्वन्द्वीसँग ०—३ सेटले पराजित भइन् । सिंगापुरकी रु झिन वङले नेपालकी इभानालाई ११—३, ११—७ र ११—४ अंकले पराजित गरिन् । एसियाली खेलकुदमा नेपालको पुरुष भलिबल टोली भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला
-
कानुन निर्माणमा संसदीय समितिको प्रभावकारी भूमिका नभएको भन्दै सांसदहरुको असन्तुष्टि
-
‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन अवतार
-
गीतको म्युजिक ट्रयाक अनधिकृत प्रयोग नगर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह
-
पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ : सभापति देउवा
-
नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा