एसियाली खेलकुद उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुँदै
चीन । एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सव चीनको चच्याङ्ग प्रान्तको राजधानी हाङचौमा शनिबार उदघाटन हुँदैछ । सो महोत्सवमा सहभागी हुन एसियाली ४८ देशमध्ये ४५ देशका खेलाडी हाङचौ आइपुगेका छन् ।
एसिया ओलम्पिक परिषद्का सदस्य भएका ४५ देश सहभागी भए पनि आर्मेनिया, अजरबैजान र जर्जिया भने सहभागी नभएको चिनियाँ सञ्चारमाध्यले जनाएका छन् ।
सोही महोत्सव उदघाटन समारोहमा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार राति चीन आइपुग्ने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री दाहाल हङकङ हुँदै चीन पुग्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीको स्वागतका लागि चीनस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीहरु शुक्रबार हाङचौ पुगेका छन् । प्रधानमन्त्री दाहाल ३० सेप्टेम्बरसम्म चीन भ्रमणमा रहने छन् ।
उनी हाङचौ, बेइजिङ, छोङछिङ, तिब्बत र सिचुवान प्रान्तको राजधानी छेन्दु हुँदै नेपाल फर्कने कार्यक्रम तय भएको छ ।
एसियाली खेलकुद उदघाटन समारोहमा सहभागी हुनका लागि चीनले नेपालसहित अन्य ६ देशका विशिष्ट अतिथिलाई निमन्त्रणा गरेको छ ।
सिरियाका राष्ट्रपति बसर अल असद बिहीबार नै हाङचौ आइपुगिसकेका छन् । सिरियाका राष्ट्रपतिलाई लिन चीनले एअर चाइनाको विशेष विमान पठाएको थियो ।
बसर सिरियाबाट साउदी अरेबिया, ओमान, पाकिस्तानको आकाश हुँदै चीनको पश्चिम क्षेत्रबाट चीन प्रवेश गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । सिरियाका उच्च अधिकारीले दुई दशकपछि पहिलो पटक चीनको भ्रमण गरेका हुन् ।
महोत्सवमा कम्बोडियाका नरेश नरोदम सिहामनीलाई निमन्त्रणा गरिएको छ । त्यस्तै, पूर्वी टिमोरका प्रधानमन्त्री स्या नाना तया, दक्षिण कोरियाका प्रधानमन्त्री हान डक सू र मलेसियाका माथिल्लो सदनका सभामुख अब्दूल सहभागी हुने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
एसियाली खेलकुद महोत्सव उदघाटन समारोहपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचौमा विशिष्ट पाहुनाहरुसँग भेट गर्ने कार्यक्रम तय भएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार राष्ट्रपति सीसँग भेट गर्ने तालिका छ ।
राष्ट्रपति सीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले चिनियाँ समकक्षी लि छ्याङसँग बेइजिङमा भेटवार्ता गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण