एसियाली खेलकुद : महिला ह्याण्डबलको पहिलो खेलमा चीनसँग हार्यो नेपाल
आइतबार, ०७ असोज २०८०, १७ : १८
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा आइतबार नेपाली महिला ह्याण्डबल टोली आफ्नो पहिलो खेलमै पराजित भएको छ । आयोजक चीनले नेपाललाई ५७—१० स्कोरले पराजित गरेको हो ।
चीनले खेलको पहिलो हाफमा २९—५ ले अग्रता लिएको थियो । समूह ‘बी’ मा रहेको नेपाली टोलीले अब बुधबार जापानसँग आफ्नो दोस्रो खेल खेल्नेछ । नेपालले तेस्रो खेल शुक्रबार हङ्कङसँग खेल्नेछ । नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेल शनिबार भारतसँग खेल्नेछ ।
आइतबार भएको समूह ‘बी’ कै अर्को खेलमा जापानले हङ्कङलाई ३८—१० ले हरायो । महिलातर्फको समूह ‘ए’ अन्तर्गतको खेलमा कजाकस्तानले थाइल्यान्डलाई ४४—२० ले पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण