शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन, तस्बिरहरु

महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन, तस्बिरहरु

सोमबार, ०८ असोज २०८०

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधाममा निर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन गरेका छन् । सोमबार एक समारोहबीच राष्ट्रपति पौडेलले संस्कृति केन्द्रको उद्घाटन गरेका हुन् ।  

पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिका बुबा स्वर्गीय महेन्द्रनारायण निधिको नाममा निर्माण भएको संस्कृति केन्द्रको उद्घाटन राष्ट्रपति पौडेलले गरेका छन् ।

२०५७ सालमा शिलान्यास भएको संस्कृति केन्द्रको २३ वर्षपछि उद्घाटन गरिएको हो ।  सुविधा सम्पन्न सभाहलको अभाव खेपिरहेका जनकपुरधाममा संस्कृति केन्द्र उद्घाटन भएपछि जनकपुरधामवासी खुसी भएका छन् ।

२०५७ सलमा तत्कालीन प्रधानमन्त्री स्व।कृष्ण प्रसाद भट्टराई नेतृत्वको सरकारबाट निर्णय भई संस्कृति केन्द्र निर्माण भएको हो । संस्कृति केन्द्रमा पुस्तकालय भवन, संग्राहलय, ब्लक, कम्पाउण्ड बाल, पार्किङ, सार्वजनिक शौचालय, क्यान्टिन ब्लक, २ सयजना क्षमताकोको कन्फरेस हल र ६ सय जना क्षमताको संस्कृति सभाहल लगायतका संरचना रहेका छन् । 

योजना सम्पन्न हुनु पूर्व विभिन्न समयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय एवं २०६० सालदेखि जिल्ला प्रहरी कार्यालय धनुषाले कर्मचारी एवं जवानको लागि आवासको रुपमा प्रयोग गरिरहेको थियो ।

यस्तै सोही अवसरमा राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दनसमेत गरेको छ । नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै मधेसमा उच्च सम्मान पाएका राष्ट्रपति पौडेललाई सम्मान स्वरुप नागरिक अभिनन्दन गरेको हो ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया