सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
सारांश
- सिरहाको लहानमा प्रहरीले लागुऔषध कारोबारीमाथि गोली चलाउँदा दुई जना घाइते भएका छन्।
- प्रहरीले ६ जना कारोबारीलाई पक्राउ गरी उनीहरूको साथबाट २४३ ग्राम खैरो हेरोइन बरामद गरेको छ।
- घाइतेहरूको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ।
काठमाडौँ । सिरहाको लहान नगरपालिका वडा नम्बर–३ स्थित हस्पिटल चोकमा प्रहरीले गोली चलाएर बिहीबार ६ जना लागुऔषध कारोबारीहरूलाई पक्राउ गरेको छ ।
प्रहरीको गोली लागेर भारतको बिहार घर भएका २२ वर्षीय विद्यानन्द यादव र सप्तरीको रुपनी गाउँपालिका घर भएका ४० वर्षीय मोहम्मद नसिर घाइते भएका छन्। ड्युटीमा खटिएका प्रहरीलाई आक्रमण गरेपछि आत्मरक्षाको लागी गोली प्रहार गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए ।
लागुऔषध नियन्त्रण व्यूरो, कोटेश्वरबाट खटिएको टोलीले सुरुमा ५ राउण्ड हवाई फायर र त्यसपछि खुट्टामा दुई राउण्ड गोली प्रहार गरेको हो । नसिरको बायाँ खुट्टा र यादवको दाहिने खुट्टामा गोली लागेको छ।
अरू चार जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदे बसाइन घर भएका २८ वर्षीय शम्भु प्रसाद यादव, सप्तरी डाक्नेश्वरी गाउँपालिका घर भएका २८ वर्षीय जमाहिर आलम, बोदेबसाइनका २४ वर्षीय बैद्यनाथ प्रसाद यादव र डाक्नेश्वरीका ३२ वर्षीय मोहम्मद ईमामुद्धिन छन् ।
आरोपीहरूको साथबाट २४३ ग्राम खैरो हेरोइन बरामद गरिएको एसएसपी बोहराले जानकारी दिए । गोली लागेर घाइते भएकाहरूको लहान स्थित प्रादेशिक अस्पतालमा उपचार हुँदै छ । आरोपीहरूमाथि इलाका प्रहरी कार्यालय लहानले अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण