शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
फोटो फिचर

चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)

शुक्रबार, ०८ साउन २०८३, ०९ : २३
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • पोखराको हरिचोक–याम्दी सडकखण्ड चार वर्ष लगाएर चार लेनमा विस्तार गरी स्तरोन्नति गरिएको छ ।
  • भूपी शेरचन राजमार्ग र मध्यपहाडी लोकमार्ग दुवैमा पर्ने २.२ किलोमिटर दूरीको यो सडक विस्तारले स्थानीय र चार जिल्लाका यात्रुहरूलाई सहजता प्रदान गर्नेछ ।
  • मोतिदान कन्स्ट्रक्सन सेवाले ४८ करोडमा ठेक्का पाएको यो सडक विस्तारको काम निर्धारित समयभन्दा ढिलो गरी सम्पन्न भएको छ ।

पोखरा । पोखराको हरिचोक–याम्दी सडकखण्ड चार लेनमा विस्तार भएको छ । चार वर्ष लगाएर स्तरोन्नति गरिएको यो सडक फराकिलो पारेर कालोपत्रे र लाइन मार्किङपछि अहिले निकै आकर्षक देखिएको छ ।

२.२ किलोमिटर दूरीको यो सडक भूपी शेरचन राजमार्ग र मध्यपहाडी लोकमार्ग दुवैअन्तर्गत पर्छ । समयमै काम नसकिएपछि स्थानीयसहित पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ आउजाउ गर्नेले निकै सास्ती भोग्नुपरेको थियो । ०८१ साल असार १५ (राष्ट्रिय धान दिवस)मा स्थानीयले सडकमै धान रोपेर विरोध गरेका थिए ।

Harichowk Yamdi Road (2)

मोतिदान कन्स्ट्रक्सन सेवा प्रा।लि।ले ०७९ साउन १४ मा ४८ करोड रुपैयाँमा यो सडकखण्ड स्तरोन्नतिको ठेक्का पाएको थियो । दुई वर्षमा सक्ने गरी सम्झौता भएकोमा तीनपटक म्याद थप भएपछि यो वर्ष काम सकिएको हो ।

Harichowk Yamdi Road (3)

०८१ साउनसम्म काम नसकिएपछि सोही वर्ष चैत मसान्तसम्म म्याद थप गरिएको थियो । ठेकेदारलाई पछिल्लो पटक ०८३ वैशाख मसान्तसम्मको समयावधि दिइएको थियो । तस्बिर :अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

Harichowk Yamdi Road (4)Harichowk Yamdi Road (5)Harichowk Yamdi Road (6)Harichowk Yamdi Road (7)Harichowk Yamdi Road (8)Harichowk Yamdi Road (9)Harichowk Yamdi Road (10)Harichowk Yamdi Road (11)Harichowk Yamdi Road (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप