बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डद्वारा माओको समाधिस्थलमा श्रद्धाञ्जलि

सोमबार, ०८ असोज २०८०, १७ : ५७
सोमबार, ०८ असोज २०८०

बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय माओ त्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

हाल चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आफ्ना चिनियाँ समकक्षीसँगको वार्तापछि तियानमेन स्क्वायर पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुग्दा चिनियाँ उच्च अधिकारीहरूले उनको स्वागत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप