अनिल महासेठद्वारा लोसपाको महासचिव पद अस्वीकार
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल महासेठले महासचिव पद अस्वीकार गरेका छन् । लोसपाले सोमबार सार्वजनिक गरेको पदाधिकारीसहित केन्द्रीय समितिको सूचीमा अनिल महासेठलाई महासचिवमा चयन गरिएको थियो । तर महासेठले आफू सो पदका लागि इच्छुक नभएको बताएका हुन् ।
उनले पार्टीमा अन्य जिम्मेवार नेताहरूको अवमूल्यन भएको र उनीहरूले उचित स्थान नपाएको बताएका छन् । उनले आफू महासचिव पदका अपेक्षा नगरेको भन्दै अहिलेको परिस्थितिमा महासचिव पदबाट नाम हटाएर अन्य जिम्मेवार व्यक्तिलाई सो पद दिन पनि उनले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई आग्रह गरेका छन् । ३११ सदस्यीय केन्द्रीय समितिमा ६४ जना पदाधिकारी छन् जसमा १६ जना महासचिव रहेका छन् ।
तीन जना वरिष्ठ नेता, एक जना वरिष्ठ सहअध्यक्ष, छ जना वरिष्ठ उपाध्यक्ष, १५ जना उपाध्यक्ष, सहमहासचिव आठ जना, सचिव ११ जना प्रवक्ता र सहकोषाध्यक्ष १–१ जना तथा कोषाध्यक्ष दुई जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण