वहिदा रहमानलाई प्रतिष्ठित दादासाहेब फाल्के अवार्ड दिने घोषणा
मुम्बई । चर्चित अभिनेत्री वहिदा रहमानलाई यस वर्षको प्रतिष्ठित दादासाहेब फाल्के लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गर्ने घोषणा गरिएको छ । केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले सोसल मिडिया प्लेटफर्म एक्समा यसको घोषणा गरेका हुन् ।
पुरस्कारको घोषणा गर्दै ठाकुरले ट्वीटरमा लेखेका छन्, ‘वहिदा रहमान जीलाई भारतीय सिनेमामा उनको उत्कृष्ट योगदानको लागि यस वर्षको प्रतिष्ठित दादासाहेब फाल्के लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको घोषणा गर्न पाउँदा म अत्यन्तै खुसी र सम्मानित महसुस गर्दैछु।
वहिदा जीलाई हिन्दी फिल्महरूमा उनको भूमिकाका लागि समीक्षकहरूले अत्यधिक प्रशंसा गरे। उनले प्यासा, कागज के फूल, चौदहवीका चन्द, साहेब बीवी और गुलाम, गाइड, खामोशी र अन्य धेरै जस्ता चलचित्रहरूमा उत्कृष्ट काम गरेकी छन् ।
पाँच दशक लामो आफ्नो करियरमा उनले आफ्नो भूमिका सुन्दर ढंगले निभाएकी छिन्। फिल्म रेश्मा और शेरामा कुलवधुको भूमिका निर्वाह गरेबापत उनले राष्ट्रिय चलचित्र पुरस्कार पाएकी थिइन्।
पद्म श्री र पद्म भूषण सम्मानित वहिदा जीले एक भारतीय महिलाको समर्पण, प्रतिबद्धता र शक्तिको उदाहरण दिएकी छन् जसले कडा परिश्रममार्फत व्यावसायिक उत्कृष्टताको उच्चतम स्तर हासिल गर्न सक्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण