बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने सहमति

मङ्गलबार, ०९ असोज २०८०, १८ : ५६
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । सरकार आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमण गर्नेलाई कानुनअनुसार कारबाही गर्ने सहमति भएको छ ।

आज गृह मन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, चिकित्सक संघ लगायतका प्रमुख तथा प्रतिनिधिहरूबीच भएको बैठकले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

छलफलमा चिकित्सक र स्वास्थ्य संस्थामाथि जहाँ आक्रमण भएको हो, त्यहाँ कानुनअनुसार कारबाही गर्ने सहमति भएको हो । गत हप्ता हेटौँडा, लमजुङ, बुटवल, धनगढी र पछिल्लो सोमबार बिहान पोखरा मणिपाल अस्पतालका चिकित्सक उपर कुटपिट भएको छ ।

लमजुङ नगरपालिकाकी ५७ वर्षीय सुकमाया दुराको उपचारकै क्रममा सोमबार दिउँसो १ बजेतिर मृत्यु भएपछि सो बारे अस्पतालले समयमा नखुलाएको भन्दै आक्रोशित आफन्तले डा अनिल शाहमाथि हातपात गरी अस्पताल परिसरमा तोडफोड गरिएको विषयलाई लिएर देशभरका चिकित्सक आन्दोलित थिए । साथै, आकस्मिकबाहेक सेवा ठप्प परेका थिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप