प्रधानमन्त्री प्रचण्डले गरे चीनको कृषि विज्ञान प्रतिष्ठानको स्थलगत अवलोकन
काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको दक्षिण पश्चिममा अवस्थित छोङछिङ सहरमा रहेको कृषि विज्ञान प्रतिष्ठानको स्थलगत अवलोकन गरेका छन् । नेपाल र चीनबीच कृषि तथा प्रविधिको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौताको दस्ताबेजमा सोमबार हस्ताक्षर भएपछि मंगलबार प्रधानमन्त्रीले प्रतिष्ठानको अध्ययन भ्रमण गरेका हुन् ।
चीनमा कृषि प्रविधिको विकासका लागि मुख्य जिम्मेवारी वहन गरिरहेको कृषि विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमणका क्रममा प्रतिष्ठान पुग्दा प्रधानमन्त्री प्रचण्डलाई प्रतिष्ठानका अध्यक्ष गौ स्याउ होङले स्वागत गरे । प्रधानमन्त्री प्रचण्डलाई प्रतिष्ठानका अधिकारीहरुले प्रतिष्ठानले गरिरहेका कामका बारेमा जानकारी गराएका थिए । प्रतिष्ठानले १५ वटा इन्स्टिच्युटहरु मार्फत अहिले २ हजार ८ सय वटा अनुसन्धान परियोजना सञ्चालन गरिरहेको छ । प्रतिष्ठानले विशेष गरी आधारभूत कृषि विज्ञान, व्यावहारिक प्रविधि, कृषि स्रोत र वातावरण संरक्षण, एवं कृषि उपकरण र इन्जिनियरिङको विषयमा केन्द्रित गरेर अनुसन्धान गर्दै आएको छ ।
प्रतिष्ठानले कृषि प्रविधिको तालिम पनि सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानमा मातहतमा प्रान्तस्तरका अनुसन्धान एवं प्रयोगात्मक स्थलहरु रहेको र प्रतिष्ठानले बाली परीक्षणका ६ सय ६७ हेक्टर जग्गा प्रयोग गरिरहेको जानकारी प्रतिष्ठाले दिएको छ । दुई पटकसम्म राष्ट्रिय विज्ञान प्रविधि प्रगति पुरस्कार र प्रान्त तहमा थुप्रै पुरस्कार प्राप्त गरेको प्रतिष्ठानले धान, मकै, खुर्सानी, फलफूल, माछा, च्याउ, भान्टा लगायत ४ सय ५६ किसिमका अन्न एवं तरकारका नयाँ प्रजातिको विकास गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण