सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सा राष्ट्रिय निकुञ्ज अवलोकन गर्न काठमाडौँको मोटर बाइक राइडर टोली बारामा

बिहीबार, ११ असोज २०८०, ०७ : ५३
बिहीबार, ११ असोज २०८०

बारा । ४० औँ विश्व पर्यटन दिवसको अवसरमा काठमाडौँदेखि आएका मोटर बाइक राइडरलाई बुधवार मधेस प्रदेशको एक मात्रै पर्सा राष्ट्रिय निकुञ्जमा स्वागत गरिएको छ । 

पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले करिब ६० जनाको सङ्ख्यामा काठमाडौँदेखि आएका आन्तरिक पर्यटकहरूलाई   निकुञ्ज स्वागत गरिएको हो । नेपाल टुरिजम फेस्टिभलका फाउन्डर विष्णु  विवेकले बुधवार बिहान पर्यटन बोर्ड काठमाडौँबाट बिदाइ भएर करिब ६० जनाको सङ्ख्यामा बाइक राइडरको टोली मकवानपुर हुँदै बाराको पर्सा राष्ट्रिय निकुञ्जमा आइपुगेको बताए । 

टोलीमा पत्रकार, कलाकार, साहित्यकारहरू रहेका छन् । ‘पर्सा राष्ट्रिय निकुञ्जको बसाइँको क्रममा यहाँको गौरीगाई सहित अन्य वन्यजन्तु अवलोकन गर्ने र अन्य निकुञ्जमा नभेटिने यहाँ के पाइन्छ त्यसको खोजी गर्छौ’  विवेकले भने । बुधवार पर्सा निकुञ्जमा आएको टोली बिहीबार भरतपुर, लुम्बिनी, पाल्पा हुँदै पोखरा जाने र असोज १५ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको जनाइएको छ ।  

पर्सा निकुञ्ज आएको टोलीलाई जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेल, नाटाका मधेस प्रदेश अध्यक्ष मोहन शर्मा, पर्सा निकुञ्जमा संरक्षण अधिकृत सन्तोष भगत, होटेल तथा पर्यटन व्यवसायी सङ्घ बाराका अध्यक्ष अर्जुन लम्साल लगायतले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा जीतपुर सिमरा उपमहानगरका नगर प्रमुख राजन पौडेलले पर्सा राष्ट्रिय निकुञ्ज भित्र हेर्न लायकका धेरै प्राकृतिक मनमोहक दृश्यहरू भएकोले निकुञ्ज अवलोकन गरेर प्रचारप्रसार गरिदिन आग्रह गरेका छन् । 

nn3

पर्सा निकुञ्जको मुख्य कार्यालय पूर्व पश्चिम राजमार्गको बारा अम्लेखगञ्जमा रहेको छ । यो मधेस प्रदेशकै एकमात्र निकुञ्ज हो ।  बारा, पर्सा र मकवानपुर गरी ३ जिल्लालाई समेटेको यो निकुञ्ज भित्र पाटेबाघ, जंगली हात्ती, गैडा, गौरीगाई, सालक, चौसिगा लगायतका वन्यजन्तुहरू सजिलै देख्न सकिन्छ । 

साथै पर्सा राष्ट्रिय  निकुञ्ज भित्र ३७ प्रजातिका स्तनधारी,४९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतली देख्न तथा अवलोकन गर्न सकिन्छ ।  तर, प्रचारप्रसारको अभावमा यो निकुञ्ज अन्य क्षेत्रको तुलनामा पछाडि परेको छ । छिमेकी चितवन राष्ट्रिय निकुञ्ज आएका आन्तरिक तथा बाह्य पर्यटकलाई पर्सा निकुञ्जमा ल्याउन सके पर्यटन प्रवर्धनमा ठुलो मद्दत पुग्ने पर्यटन व्यवसायीहरूको धारण छ । हाल पर्सा निकुञ्जमा आन्तरिक बाहेक छिटपुट रूपमा भारतीय पर्यटकहरू जङ्गल तथा हात्ती सफारीका लागि आउने गर्दछन् । 

nn8

विश्व पर्यटन दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा सबुज गणका गणपति गणेशराज पन्त, मध्यवर्ती एवं सामुदायिक वनका अध्यक्ष, कलाकार, साहित्यकार लगायतको उपस्थिति रहेको थियो । गोल्डेन ट्रयांगल टुर २०२३ को नाम दिएर काठमाडौँबाट आएको टोलीले पर्सा राष्ट्रिय निकुञ्जको भ्रमण गरी निकुञ्ज संरक्षण र विकासका लागि जङ्गल सफारी, हात्तीसार अवलोकन गर्ने जनाइएको छ । त्यसैगरी विश्व पर्यटन दिवसको अवसर पारेर बुधवार बिहान सिमरा विमानस्थल मार्फत पहिलो उडानमा आउजाउ गर्ने यात्रुहरूलाई  विमानस्थल परिसरमा स्वागत तथा सम्मान गरिएको थियो । 

nn9nn6

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप