२४ वर्षको उमेरमै सन्न्यास घोषणा गरे क्रिकेटर हकले
काठमाडौँ । अफगानिस्तानका क्रिकेटर नवीन उल हकले आगामी विश्वकप लगत्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । आईसीसी एकदिवसीय विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदै छ ।
दायाँ हाते मध्यम तेज गतिका बलर नवीन उह हकले २४ वर्षको उमेरमै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका हुन् । विश्वकपको १३औँ संस्करणका लागि घोषित अफगानिस्तानको टोलीमा उनलाई पनि समावेश गरिएको छ ।
नवीन उल हकलाई विश्वकपका लागि अफगानिस्तानको टोलीमा पनि अप्रत्याशित रूपमा समावेश गरिएको थियो । उनले दुई वर्षभन्दा लामो समयदेखि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् । उनले पछिल्लो पटक सन् २०२१ को जनवरी २६ मा आयरल्यान्डविरुद्ध अन्तिम एकदिवसीय खेल खेलेका थिए ।
नवीन उल हकले हालसम्म अफगानिस्तानका लागि सातवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र खेलेका छन् । उनले सात एकदिवसीय खेलमा १४ विकेट लिएका छन् । टी—२० अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उनले नियमित रूपमा सहभागिता जनाउँदै आएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो सन्न्यासको निर्णय सार्वजनिक गरेका हुन् । उनले आफ्ना समर्थकलाई धन्यावाद पनि दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण