२४ वर्षको उमेरमै सन्न्यास घोषणा गरे क्रिकेटर हकले

काठमाडौँ । अफगानिस्तानका क्रिकेटर नवीन उल हकले आगामी विश्वकप लगत्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । आईसीसी एकदिवसीय विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदै छ ।
दायाँ हाते मध्यम तेज गतिका बलर नवीन उह हकले २४ वर्षको उमेरमै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका हुन् । विश्वकपको १३औँ संस्करणका लागि घोषित अफगानिस्तानको टोलीमा उनलाई पनि समावेश गरिएको छ ।
नवीन उल हकलाई विश्वकपका लागि अफगानिस्तानको टोलीमा पनि अप्रत्याशित रूपमा समावेश गरिएको थियो । उनले दुई वर्षभन्दा लामो समयदेखि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् । उनले पछिल्लो पटक सन् २०२१ को जनवरी २६ मा आयरल्यान्डविरुद्ध अन्तिम एकदिवसीय खेल खेलेका थिए ।
नवीन उल हकले हालसम्म अफगानिस्तानका लागि सातवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र खेलेका छन् । उनले सात एकदिवसीय खेलमा १४ विकेट लिएका छन् । टी—२० अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उनले नियमित रूपमा सहभागिता जनाउँदै आएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो सन्न्यासको निर्णय सार्वजनिक गरेका हुन् । उनले आफ्ना समर्थकलाई धन्यावाद पनि दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्महत्या रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले बजेट छुट्याउनुपर्छ : मन्त्री श्रेष्ठ
-
एनसेल खरिदबिक्री प्रकरणमा सरकारबाट समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक : सभापति लामिछाने
-
प्रकाश सपुत विवाद : भिडियो निर्माता शुभारम्भले माग्यो माफी
-
आलु र प्याजमा भ्याट : व्यवसायीद्वारा कारोबार ठप्प
-
‘माउन्टेनियरिङ स्टडी’मा युवा आकर्षण
-
सामुदायिक विद्यालयले विद्यार्थी खाजाको रकममा अनियमितता गरेको महानगर प्रमुखको आरोप