बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

संविधानले व्यवस्था गरेको कुरा पूर्ण कार्यान्वयनमा आउन सकेका छैनन्: सभामुख घिमिरे

बिहीबार, ११ असोज २०८०, १३ : ४०
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले सूचनाको सही सदुपयोग गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानले व्यवस्था गरेको कुरा कार्यान्वयनमा ल्याउन अझै धेरै बाँकी रहेको बताए । 

उनले कानुनमा प्रबन्ध भएका कुराहरूको सदुपयोग नभएर दुरुपयोग भएका घटनाहरू देखिरहेको भन्दै सूचनाको सही सदुपयोग हुनुपर्नेमा जोड दिए । घिमिरेले कानुनमा रहेका कमी, कमजोरीलाई पूरा गर्ने कुरामा ध्यान आकृष्ट गराउनुपर्ने आवश्यकता रहेको बताए । उनले सञ्चारमाध्यमले गलत परिपाटी र व्यवहारको आलोचना गर्ने, सत्य कुरालाई स्थापित गर्नका लागि जनतालाई सचेत गर्ने कुरामा भूमिका खेल्नुपर्ने बताए । 

उनले भने, ‘संविधानले व्यवस्था गरेको कुरा कानुन प्रबन्ध गर्ने कुराहरू थुप्रै बाँकी छन् । कानुनमा प्रबन्ध भएका कुराहरूको सदुपयोग नभएर दुरुपयोग भएका घटनाहरू पनि केही देखिएका छन् । चर्चा परिचर्चामा यो सूचनाको हकलाई असर पार्ने ढङ्गबाट यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने प्रचारबाजी भएका छन् । यी सबै पक्षलाई हेरेर अब कानुनमा रहेका कमी, कमजोरीलाई पूरा गर्ने कुरामा खासगरी विधायकहरूले खेल्नुपर्ने भूमिका संघीय संसदमार्फत कसरी खेल्नुपर्छ ? आइरहेका अहिलेसम्मका हाम्रा विधेयकहरुमा सूचना सम्बन्धीका हकलाई व्यवस्थित गर्ने र कमीहरूलाई सच्याउन ध्यान आकृष्ट गर्ने, तिनीहरूलाई कार्यान्वयन गर्नका लागि बाध्य बनाउने काम यस्ता फोरमहरूले गर्न सक्छन् । विगतको प्रतिवन्धलाई तोडेर पनि सूचना प्रवाह गर्ने कुरामा अथवा मिडियाको क्षेत्रबाट हामीले हिजोको गलत परिपाटी प्रणाली पद्धति र व्यवहारको आलोचना गर्ने, सत्य कुरालाई स्थापित गर्नका लागि जनतालाई सचेत गर्ने संगठित र आवश्यकताअनुसार यस्ता कुरामा उल्लेखनीय ऐतिहासिक भूमिका निर्वाह गरेको मैले ठानेको छु । प्रजातन्त्रको स्थिरता, समृद्धि, जबाफदेही बनाउनका लागि, विधिसम्मत ढङ्गबाट काम गर्ने वातावरण मिलाउन पनि सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण छ ।’

सभामुख घिमिरेले प्रजातन्त्रको स्थिरता, समृद्धि, जबाफदेही बनाउनका लागि, विधिसम्मत ढङ्गबाट काम गर्ने वातावरण मिलाउन पनि सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप