दसैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट
काठमाडौँ । नेपालीहरुको महान् पर्वको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा ‘दसैँ फुटवेयर मेला–२०८०’ सुरु भएको छ ।
नेपालका प्रतिष्ठित १० कम्पनीको आयोजनामा गत असोज ३ गतेदेखि सुरु भएको मेला आगामी कात्तिक ४ गतेसम्म चल्ने दसैँ जुत्तामेला संयोजक सविन कार्कीले जानकारी दिए ।
मेलामा बोस सु इन्डष्ट्रिजको बोस सु, शिखर सु इण्डष्ट्रिजको शिखर सुज, रन सु इण्डष्ट्रिजको रन सुज, नियसा सु इण्डष्ट्रिजको ब्याम्बो सु, स्वदेशी सु उद्योगको पिजी सु, फुट स्टेप सु इण्ड्रष्टिजको आइडल सु, हिमानी सु कलेक्सनको हिमानी सु, स्मार्ट सु इण्ड्रटिजको स्मार्ट सु, वान वल्ड्र्स इण्डष्ट्रिजको वान वल्ड्र्स सु, पवित्र सु इण्ड्रटिजको सुल्याण्ड राखिएको छ ।
संयोजक कार्कीका अनुसार एकमहिने मेलामा महिला, बालकालिका, पुरुष सबै उमेर समूहलाई हुने गरी १० कम्पनीका ३० भन्दा बढी ब्राण्ड एक हजारभन्दा बढी मोडलहरु राखिएका छन् ।
असोज १० गतेदेखि छुट अफर सुरु हुने मेलामा १५ प्रतिशतदेखि ६० प्रतिशतसम्म छुट दिएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण