दुई महिनामा ६ करोड ४४ लाखको तास आयात
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को २ महिनाको अवधिमा ६ करोड ४४ लाख रुपैयाँ बराबरको तास भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउन र भदौ महिनामा साढे ६ करोड रुपैयाँ बराबरको तास आयात भएको हो ।
यस अवधिमा चीन र भारतबाट धेरै आयात भएको देखिएको छ । चीनबाट ६ करोड १ लाख रुपैयाँ बराबरको तास आयात हुँदा भारतबाट ४३ लाख ६२ हजार रुपैयाँ बराबरको तास आयात भएको छ ।
गत आर्थिक वर्षको दुई महिनाको अवधिमा १ करोड ३ लाख ३२ हजार रुपैयाँको तास आयात भएको थियो । सरकारले गत आर्थिक वर्षमा विदेशी मुद्राको सञ्चिती जोगाउने लक्ष्यसहित तास लगायतका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।
नेपाल राष्ट्र बैंकले एलसी नखोल्न सर्कुलर जारी गरेको थियो भने सरकारले आयात गर्न प्रतिबन्धित वस्तुको सूचीमा तासलाई राखेको थियो । सोहीकारण गत वर्ष जम्मा १ करोडको आयात आयात भएको हो । जबकि, चालू वर्षमा ५ करोडभन्दा धेरैले आयात बढेको तथ्यांकले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण