दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
बिहीबार, ११ असोज २०८०, २१ : २१
काठमाडौँ । दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ । राष्ट्रसंघीय मिसनको तेह्रौँ डफ्फाका ९१ जना शान्ति सैनिकहरूको टोली असोज १० गते मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।
सेनानी डम्मरबहादुर पुनको नेतृत्वमा राष्ट्रसंघको चार्टर्ड विमानद्वारा प्रस्थान गरेको उक्त टोली तारादल गणको अन्तिम टोली हो । प्रमुख सेनानी अनिल केसीको कमाण्डमा रहेको सो गणका ६०९ सैनिक भने यसअघि नै मिसन इलाकामा पुगिसकेका छन् ।
यसअघि दक्षिण सुडानमा कार्यरत श्री शेर गणको बाह्रौँ डफ्फाका ९१ जना शान्ति सैनिकहरू सोही दिन स्वदेश फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण