माग सुनुवाइ नभएपछि आवासीय चिकित्सकहरुले आज पासपोर्टका लागि आवेदन दिने
काठमाडौँ । विगत पाँच दिनदेखि आन्दोलित आवासीय चिकित्सकहरूले आज सामूहिक रुपमा पासपोर्ट बनाउनका लागि आवेदन भर्ने भएका छन् । स्वास्थ्यकर्मीमाथि शृङ्खलावद्ध रुपमा भएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोडफोड विरुद्ध सडक आन्दोलनमा उत्रिएको पाँच दिन बित्दा पनि सरकारले आफ्ना माग सुनुवाइ नगरेको भन्दै सबै आवासीय डाक्टरहरूले पासपोर्टका लागि आवेदन भर्न लागेको वीर अस्पतालका आवासीय संघका अध्यक्ष डा शेष घिमिरले बताए ।
‘चिकित्सकहरू माथि पटकपटक कुटपिट तथा दुर्व्यवहार हुँदा सरकारले घटनामा संलग्नलाई कानुन अनुसार सजाय दिन नखोज्ने, दिनरात बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मी तथा चिकित्सकलाई न्याय नदिनु भनेको काम गर्ने वातावरण सिर्जना नगरी पलायनका लागि प्रोत्साहन गरिएकाले दबाब स्वरुप हामीले पासपोर्ट बनाउन लागेका हौँ,’ उनले भने ।
शुक्रबार एक हजारभन्दा धेरै चिकित्सकले पासपोर्ट बनाउनका लागि आवेदन दिने उनको भनाइ छ ।
आफ्ना माग पूरा नभएसम्म देशका आवासीय चिकित्सकहरू निरन्तर आन्दोलनमा उत्रिने डा. घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण