आन्दोलन फिर्ता लिन डाक्टरहरूलाई गृहसचिव भट्टराईको आग्रह
काठमाडौँ । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले आन्दोलन फिर्ता लिन चिकित्सकहरूलाई आग्रह गरेका छन् । शुक्रवार शिक्षा, स्वास्थ्य तथा सञ्चार प्रविधि समितिको बैठकमा आन्दोलनरत चिकित्सकहरूलाई सम्बाेधन गर्दै सरकारले माग पूरा गरेकोले आन्दोलन फिर्ता लिई उपचारमा फर्कन आग्रह गरे ।
विभिन्न अस्पतालमा चिकित्सक कुटपिटमा संलग्न व्यक्तिलाई ८ घण्टाभित्र पक्राउ गरि कारबाही प्रक्रिया अघि बढाएको बताउँदै आन्दोलनरत चिकित्सकले उठाएका आधारभूत माग सरकारले पूरा गरिसकेको बताए ।
सचिव भट्टराईले भने– ‘तपाईँहरूले उठाएका अधिकांश माग पूरा गरेका छौँ । केही अराजक मान्छे विरुद्ध गरेको आन्दोलनका कारण अरू बिरामीहरू पीडित बन्नुपरेको कुरातिर तपाईँहरूको ध्यान पुगेको छ कि छैन ? मूल अपराधी पक्राउ गरी तपाईँहरूको माग पूरा गरेकोले अब आन्दोलन फिर्ता लिनुस् ।
समितिको बैठकमा चिकित्सकहरूका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूले सरकारसँग सुरक्षाको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै
-
घट्दो विद्यार्थी सङ्ख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती
-
लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक
-
६ मिनेटको इन्जुरी समय थप, क्यानडा र बोस्निया निर्णायक गोलको खोजीमा
-
मैदान छिरेको तीन मिनेटमै साइले लारिनको गोल, क्यानडा र बोस्निया १–१ को बराबरीमा
-
इप्पानको नयाँ कार्यसमिति चयनः कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्विरोध निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण