एसियाली खेलकुद : भलिबलमा नेपाल सोझो सेटमा पराजित, ह्यान्डबलमा चुनौती समाप्त
शनिबार, १३ असोज २०८०, १५ : २१
काठमाडौँ । चीनको हाङझावमा जारी एसियाडको महिला भलिबलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको छ । भियतनामले नेपालाई २५–४, २५–१६ र २५–१३ को सेटमा हरायो ।
समूह ‘सी’ को अर्को खेलमा नेपालले सोमबार दक्षिण कोरिया विरुद्ध प्रतिस्पर्धा गर्ने छ । एसियाडको महिला भलिबलमा नेपाल पहिलो सहभागी भएको हो । महिला ह्यान्डबलमा नेपालको चुनौती शनिबार समाप्त भएको छ । समूह ‘बी’ को तेस्रो तथा अन्तिम खेलमा भारतले नेपाललाई ४४–१९ ले पराजित गर्यो ।
नेपालका लागि कप्तान वन्दना राईले ७, उमा राईले ६, कल्पना सिन्जाली र आइत लोमु शेर्पाले समान २–२ तथा सम्झना कुमाल र रामकुमारी चौधरीले समान १–१ गोल गरे । समूह चरणको पहिलो खेलमा नेपाल चीनसँग ५७–१० तथा जापानसँग ६२–१० ले हारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित निर्वाचन आयुक्तका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल हुने
-
ट्रम्पले लगाए क्यानडामाथि ५० प्रतिशत आयात शुल्क
-
अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण