एमाले कर्णाली अधिवेशन : कार्यतालिका संशोधन, बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदान
कर्णाली । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि बिहान १० बजेपछि मात्र मतदान हुने भएको छ । बिहान ८ बजेपछि मतदान हुने भनिए पनि कार्यतालिका संशोधन गरेर बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको व्यवस्था गरिएको हो ।
मतदानमा लागि नेता, कार्यकर्ताहरू बिहानैदेखि सिटी हल बाहिर लाइनमा छन्। निर्वाचन अधिकृत मातृका खनालका अनुसार मतपत्र छपाइको काम नसकिएकोले मतदानमा ढिलाइ भएको हो ।
कर्णालीमा अध्यक्षका लागि तीन जना, उपाध्यक्षका लागि तीन, सचिव दुई, उपसचिवका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएकामा दुई जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।
कर्णाली प्रदेशसभा पूर्वसभामुख राजबहादुर शाही र कालिकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन् । अध्यक्ष पदमा कालिकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालिकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।
सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले सचिवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।
प्रदेशको नेतृत्व सहमतिमा टुङ्ग्याउने प्रयास गरेको एमाले अन्ततः निर्वाचन प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लगाउने भएको हो । प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व छान्न निर्देशन दिएका थिए । तर नेताबीचमा कुरा नमिल्दा निर्वाचनबाटै नेतृत्व चयन गर्नुपरेको हो ।
एमालेले प्रथम अधिवेशनबाट पाँच पदाधिकारीसहित एक सय ३५ सदस्य चयन गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण