पायक पर्ने ठाउँमा पदस्थापनको माग राख्दै दृष्टिविहीन शिक्षिका आमरण अनसनमा

काठमाडौँ । पायक पर्ने विद्यालयमा पदस्थापनको माग राख्दै एक शिक्षिका आमरण अनसनमा बसेकी छिन् । पोखरा घर भएकी शिक्षिका शोभा पौडेल आफू दृष्टिविहीन भएकाले पायक पर्ने विद्यालयमा पदस्थापन गर्न माग गर्दै आमरण अनसनमा बसेकी हुन् ।
उनले पोखरा महानगरपालिकाभित्र पायक पर्ने विद्यालयमा पदस्थापनको माग गर्दै आएकी छिन् ।
उनले २०७९ को माघ २३ गते शिक्षक सेवा आयोगबाट निमावि तह नेपाली विषयमा उत्तीर्ण गरेकी थिइन् । त्यसपछि आयोगले उनलाई लमजुङको दोर्दी गाउँपालिकाको विद्यालयमा खटाएको थियो । तर, हालसम्म नगएपछि गाउँपालिकाले हाजिर हुन भन्दै पत्राचार गरेको थियो । गाउँपालिकाले पत्राचार गरेपछि उनी आफू लमजुङ जान नसक्ने भन्दै पोखरा महानगरभित्रकै पायक पर्ने विद्यालयमा पदस्थापन गर्न माग गर्दै आएकी थिइन् । तर, आफ्नो मागप्रति बेवास्ता गरेको भन्दै उनी आइतबारदेखि आमरण अनसनमा बसेकी हुन् ।
उक्त विद्यालय दोर्दी गाउँपालिकाको अति विकट ठाउँमा छ । पौडेलले आफू उक्त विद्यालयमा गएर पढाउन नसक्ने हुँदा पायक पर्ने कुनै विद्यालयमा पदस्थापन माग गरेकी हुन् ।
हाल पोखराकै राष्ट्रिय माविमा प्रावि राहतमार्फत पठन पाठन गराउँदै आएकी छिन् । निमाविमा स्थायी तर्फ नाम निकालेपछि उनले आजसम्म पायक पर्ने विद्यालयमा पदस्थापन गरिदिन अनुरोध गर्दै आएकी थिइन् । त्यसका लागि गाउँपालिका, महानगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई लगायतका निकायमा धाएको तर कतैबाट पदस्थापन नभएपछि आमरण अनसनमा बस्नुपरेको उनको भनाई छ ।
उनले असोज १४ गतेदेखि शिक्षा विकास तथा समन्वय इकाई कास्की र प्रदेश शिक्षा निर्देशनालय गण्डकीको गेटमा आमरण अनसन सुरु गरेकी हुन् ।
पोखरा महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेम प्रसाद आचार्यले महानगरले पदस्थापन गर्न नसक्ने बताए । शिक्षक सेवा आयोगबाट नियुक्ति पाएर शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मात्र हुने उनको भनाई छ । आफ्नो पालिकामा रिक्त दरबन्दी नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रको संरक्षण एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व : राष्ट्रपति पौडेल
-
पहिरोको जोखिममा दलित बस्ती
-
जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर
-
आरआर क्याम्पसमा नेविसंघको विवाद के हो ?
-
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरुको मोटरसाइकल र्याली, तस्बिरमा हेर्नुहोस्
-
देउवाको ब्रिफिङ : गठबन्धनमा समस्या छैन, ओलीले छोडेर गए त के लाग्छ र !